इटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) स्वास्थ्य उपसमितिको आयोजनामा शुक्रबार योग शिविर सम्पन्न भएको छ ।
मेचीनगर –७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा आयोजित शिविरमा ७५ जना स्थानीयहरुले सहभागिता जनाएका थिए ।
स्वास्थ्य जीवनका लागि योग भन्ने नाराका साथ सुरु भएको शिविरमा सहभागिहरुलाई स्वास्थ्य उपसमिति सह संयोजक गोपाल आत्रय र सदस्य टिका ले प्रशिक्षण दिएका थिए ।
हम्रो खानपान र फेरिँदो जीवन शैलीका कारण मानव स्वाथ्यमा गम्भीर असर पर्दै गएको छ, स्वास्थ्य उपसमिति संयोजक एवम् स्वास्थ्य कर्मी गोपाल आत्रयले भने,“ स्वास्थ्य जीवन जिउन योगको विकल्प छैन ।” उनले हाम्रो खानपान र जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
सो अवसरमा प्रशिक्षक टिका ले बिभिन्न किसिमका योगासन, प्रणायाम र ध्यानका विधी सिकाएकी थिइन् ।
कार्यक्रमको सञ्चालन इटाभट्टा सेवा केन्द्रका कार्यलय प्रमुख राजु गौतमले गरेका थिए ।
प्रतिकृया दिनुहोस्