मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १५ नम्बर वडामा नै सम्पन्न भएको हो ।
मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन गरिने कार्यतालिका अन्ुसार आज वडा नम्बर १५ का उक्त कार्यक्रम आयोजना गरिएको थियो । आज वडा नम्बर १५ मा उक्त अभियान सकिएको छ । यस वडामा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका १३७ जना व्यक्तिहरु रहेका छन् । उनीहरुले सक्रिय रुपमा अभियानको लाभ लिएका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराई ९राजन०ले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरलाई प्रभावकारी बनाउन नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले चासो दिँदै अनुगमनसंगै आवश्यक सहजिकरण गर्ने गरेका छन् ।
महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलको नेतृत्वमा अभियान सफल बनाउन लागि परिरहेको टोलिमा करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।
मेचीनगरका सबै वडामा आजबाट अभियान सम्पन्न गरिसकेको भएता पनि बिभिन्न कारणले वडागत कार्यक्रममा छुटेकाहरुलाई भोलि मेचीनगर परिसरमा नै सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ
प्रतिकृया दिनुहोस्