मेचीनगरमा औषधि पसल अनुगमन : दुईवटालाई जरिवाना, चार वटालाई सचेत

2025-05-07 मा प्रकाशित

धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुईवटालाई जरिवाना र चारवटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ ।
आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य कार्यालय झापा, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले विभिन्न प्रकारका ६ वटा औषधि पसललाई जरिवानासहित सचेत गराइएको हो ।
अनुगमनका क्रममा मेचीनगर–७, ईटाभट्टा स्थित राधास्वामी स्वास्थ्य उपचार क्लिनिक र मेचीनगर–६, काँकरभिट्टा स्थित एपोलो डेन्टल ९पाथिभरा डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टर० क्लिनिकका सञ्चालकलाई २०७७ को दफा ३३ ९ख० बमोजिम जनही ३० हजार जरिवाना गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
दुई वटै क्लिनिकले इजाजत नलिई गैर कानूनी रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेकोले दोस्रो चरणमा कारवाही स्वरुप जरिवाना गरिएको उनले बताए ।
उनका अनुसार एपोलोलाई २०७९ फागुन ७ गते र राधास्वामीलाई २०८० चैत ६ गते अनुगमनका क्रममा सचेत गराइएकोले हालसम्म पनि सम्बन्धीत निकायबाट इजाजत नलिइएको पाइएकोले तीन दिनभित्र जरिवानासहित कार्यालय आउन निर्देशन दिइएको छ ।
यस्तै मेचीनगर–१० को शिखर हस्पिटल प्रालिले इजाजत पत्र नवीकरण नगरेको, न्यु मिलन क्लिनिक हल प्याथोलोजी ल्यावको इजाजत पत्र नभएको, मेचीनगर–९ को हरि हलेसी मेडिकल हलको इजाजत पत्र नवीकरण नभएको र रुपा मेडिकलको इजाजत पत्र नवीकरण नभएकोले सञ्चालकहरुलाई दोस्रो संशोधन निर्देशिका २०७३ को दफा ८ को उपदफा ९२०÷दफा ९÷दफा १२ को उपदफा ९१० र ९२०÷दफा १३ को उपदफा ४ बमोजिम स्थलगत अनुगमन गर्दा मापदण्ड पूरा नभएको पाइएकोले ७ दिनभित्र मापदण्ड पूरा गरेको कवुलियतनामा निवेदनसहित मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखामा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।
फोकल पर्सन श्रेष्ठले पहिलो चरणमा सचेत, दोस्रो पटक जरिवाना र तेस्रो पटकमा पनि जरिवाना नतीरी अटेर गरे संस्था बन्द गरिने कानूनी प्रवाधान रहेको बताए ।
अनुगमन टोलीमा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटी, फोकल पर्सन श्रेष्ठ, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रका डाक्टर विजय श्रेष्ठ, प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर मनोजकुमार साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रविनकुमार राजबंशी, नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, कर्मचारी रामप्रसाद अधिकारी लगायत रहेका थिए ।
स्वास्थ्य शाखा प्रमुख सापकोटाले डी र ई वर्गका ल्याव, क्लिनिक, फामेर्सी र १५ वेडका आधारभूत अस्पतालहरुले नगरपालिकामा दर्ता र नवीकरण गर्नु पर्ने बताइन् ।
उनका अनुसार पोलिक्लिनिक, डाईगोनोस्टिक, डेन्टल क्लिनिक, विशेषज्ञसहितको सेवाहरुको दर्ता र नवीकरण स्वास्थ्य कार्यालय झापामा सिफारिस गरिने नियम छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु