मेचीनगर – ७ मा आयोजित शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खकारको नमूना संकलन

2025-05-10 मा प्रकाशित

मेचीनगर, २७ बैशाख । मेचीनगर–७ स्थित कृष्ण आधारभूत विद्यालयमा आयोजना गरेको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २६३ जनाले सेवा लिएका छन् ।
शनिबार मेचीनगर नगरपालिकाले मदन वस्तीमा आयोजना गरेको शिविरमा २६३ जना मध्ये २५४ जनाले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए ।
नगरपालिका स्वास्थ्य शाखाकी कर्मचारी सदिक्क्षा भट्टराई काफ्लेका अनुसार २६३ जनामध्ये ३ जना क्षयरोगीलाई शिविरमा नै उपचार गरिएको छ । ६६ जनाको खकार परीक्षणका लागि नमूना लिएको छ ।
शिविरमा सुगरको ग्लुकोजको मात्रा जाँच गरिएकोमा ४० जनाको प्रि–मधुमेह देखिएको थियो ।
त्यस्तै मिर्गौलाका लागि पिसावमा प्रोटिनको जाँच गर्दा ३८ जनामा पोजेटिभ देखिएको थियो ।


शिविरमा एआई विज्ञ डाक्टर विनोद मण्डल, मेडिकल अधिकृत डाक्टर विकास दास, रेडियोग्राफर सहितको प्राविधिक टिमले उपचार सेवा प्रदान गरेको थियो ।
मेचीनगरको अब दुई वटा वडामा उक्त शिविर सञ्चालन हुनेछ । जसमा आइतबार मेचीनगर–१२ र सोमबार मेचीनगर–१५ नम्बर वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरिने छ । उक्त प्रविधिबाट गर्भवती र १५ वर्षमुनीका बाहेकालाई यो सेवा प्रदान गरिएको छ ।
वडा नं।७ का वडाध्यक्ष प्रलादमणि ओलीले यसअघि वडामा ३३ जना क्षयरोगीको आशंका गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु