स्वास्थ्य शिविरमा तेस्रोदिन ३६२ जनाले लिए सेवा, आज मेचीनगर–१५ मा

2025-05-12 मा प्रकाशित

मेचीनगर । मेचीनगरका बिभिन्न वडामा जारी स्वास्थ्य शिविर आज सम्पन्न हुँदैछ । आज सोमबार वडा नम्बर १५ मा शिविर सञ्चालन भएर स्वास्थ्य शिविरका कार्यक्रम सम्पन्न हुने छ ।
आइतबार मेचीनगर–१२ स्थित वडा कार्यालयमा आयोजना गरिएको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३६२ जनाले उपचार सेवा लिएका थिए।
शिविरमा ३६२ जना मध्ये ३५७ जनाले क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार ३६२ जनामध्ये ४ जना क्षयरोगीलाई शिविरमा नै उपचार गरिएको छ । ७५ जनाको खकार परीक्षणका लागि नमूना लिएको उनले बताइन् ।
शिविरमा सुगरको ग्लुकोजको मात्रा जाँच गरिएकोमा ५९ जनाको प्रि–मधुमेह देखिएको छ ।
त्यस्तै मिर्गौलाका लागि पिसावमा प्रोटिनको जाँच गर्दा ११ जनामा पोजेटिभ देखिएको छ ।
शिविरमा एआई विज्ञ डाक्टर विनोद मण्डल, मेडिकल अधिकृत डाक्टर विकास दास, रेडियोग्राफरसहितको प्राविधिक टिम उपचार सेवामा खटिएका छन् ।

शिविरमा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण भइरहेको छ । नगरपालिकाले उक्त प्रविधिबाट गर्भवती र १५ वर्षमुनीका बाहेकालाई यो उपचार सेवा प्रदान गरिरहेको जनाएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेलाई बाहिरबाट क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षणको मेसिन ल्याएर यो सेवा प्रदान गरिएको बताए ।
यो मेसिन कोशी प्रदेशको सबै पालिकामा पुर्याउनु पर्ने भएकाले बाँकी नगरबासीका लागिपछि फेरि यस्तो शिविर आयोजना गरेर व्यवस्थापन गरिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु