काँकरभिट्टामा लागुऔषध बिरुद्ध सचेतना

2021-02-05 मा प्रकाशित

मेचीनगर, २३ माघ । मेचीनगर–७ स्थित प्यारीभिट्टा युवा क्लबसँगको सहकार्यमा आज काँकरभिट्टामा लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।‘दुर्व्यसनीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउँ’ भन्ने लगायतका नारा लेखिएका प्ले कार्ड तथा व्यानरसहित लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतनामुलक र्याली निकालिएको हो ।प्रभातफेरी र्याली कालीखोला, प्यारीभिट्टा हुँदै काँकरभिट्टा बजारमा आएर सम्पन्न भएको थियो । प्रभातफेरी र्यालीमा क्लबका पदाधिकारी, प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु