माइती नेपालले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री

2021-05-14 मा प्रकाशित

काँकरभिट्टा, ३१ वैशाख । माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विहीबार माइती नेपालका पूर्वाञ्चल संयोज गोविन्द घिमिरेको टोलीले मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

माइती नेपालले मेचीनगरपालिकालाई १ हजार थान सर्जिकल माक्स, १० लिटर सेनिटाइजर, ३ पाकेट ग्लवस र १०० पीस फेसशिल्ड हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न संयोजक घिमिरे, देवकुमार कार्की र विशाल क्षेत्री नगरपालिका पुगेका थिए ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरणपछि माइती नेपालका संयोजक घिमिरेले नगरमा कोरोनाको संक्रमण र मृत्युदर तीब्र बन्दै जान थालेपछि स्वास्थ्य सामग्री अभाव हुन नदिन उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु