मेची अस्पताललाई विद्यार्थीले दिए ४०० थान किट

2021-05-27 मा प्रकाशित

भद्रपुर, १३ जेठ । भद्रपुर–१० स्थित विभुती विद्या मन्दिरबाट २०६३ सालको एसएलसी उत्र्रिण पूर्व विद्यार्थीहरुको एक समुहले मेची अस्पताल भद्रपुरलाई ४ सय थान पीसीआर परीक्षण गरिने किट उपलब्ध गराएको छ ।
विहीबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्याक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुरलाई सो समुहका संयोजक शेखर बुढाथोकी, पूर्व विद्यार्थीहरु प्रवेश न्यौपाने, सौरभ घिमिरे लगायतको टोलीले चारसय थान किट हस्तान्तरण गरेको हो ।

कोराना संक्रमितहरुको परीक्षणलाई समान्य राहत पुर्याउने उद्देश्यले सो व्याचका केहि विद्यार्थीृहरुको सहयोगमा एक लाख ८० हजार मुल्य बराबरको किट खरिद गरी अस्पताललाई उपलब्ध गराएको संयोजक बुढाथोकीले बताए ।

कोभिडका कारण सयौँ नेपाली नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै सामजिक उत्तरदायित्व बहन गर्ने लक्ष्यका साथ आफुहरुले उक्त समान अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए ।

।। रेवतिराज घिमिरे ।।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु