युवा नेता बरालले मेचीनगर सभापतिमा उम्मेद्वारी दिने 

2021-09-10 मा प्रकाशित

काँकरभिट्टा । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् ।

नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे ।

वीपी जयन्तीको अवसर पारेर नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका बरालले सभापतिमा आफ्नो सशक्त उम्मेद्वारी रहने जानकारी गराए । हाल देखिएका सभापतिका आकांक्षीहरुबाट समेत आँफूलाई समर्थन रहने बताउँदै उनले भूगोलको समावेशिताका आधारमा समेत आँफू सभापतिको बलियो उम्मेद्वारी रहेको बताए ।

तपाईंकोे उम्मेद्वारी किन रु भन्ने जिज्ञासामा उनले पार्टीलाई नवीनतम ढंगले अघि बढाउन सम्पूर्ण भातृ संस्थालाई चलायमान बनाउँदै पार्टीको संगठन सुदृढिकरणमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे । पार्टीले अन्य आकाँक्षीहरुलाई नेतृत्वमा ल्याउने अवस्था आएमा तपाईं के गर्नुहुन्छ रु भन्ने अर्को जिज्ञासामा उनले नेतृत्व प्राप्तिका लागि सर्वसम्मत वा निर्वाचन दुबै बाटोमा आँफू अगाडि रहेको दाबी गरे ।

नगर समितिको वर्तमान सह सभापति रहेका बराल वडा नम्बर ४ का अध्यक्ष तथा मेचीनगर समाजिक विकास समिति संयोजक छन् । उनले तरुण दल हुँदै साबिक बाहुनडाँगी गाविसकै पार्टी नेतृत्व सम्हाली सकेका छन् ।

नगरमा कोभिड संक्रमण नियन्त्रणमा आँफूलाई सक्रिय बनाएका बरालले पटक÷पटक कार्यबाहक नगर प्रमुखको भूमिकासमेत निर्वाह गरि सकेका छन् । उनले सामाजिक विकास समिति संयोजक रहँदा सिंगो नगरमा देखिएका समस्या तथा कार्यकर्ताको भावनालाई नजिकबाट बुझेकाले ती अनुभवलाई आगामी दिनमा पार्टीको आन्तरिक सुदृढिकरणमा लगाउने बताए ।

बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष, रोटरी क्लब काँकरभिट्टाका बोर्ड सदस्य रहेका बराल सहिद विश्वनाथ घिमिरे प्रतिष्ठानका वर्तमान उपाध्यक्ष रहेका छन् । दर्जनबढी संघसंस्थाको कुसल नेतृत्व लिइ सकेका ४३ बर्षीय बराल पार्टी भित्र संभावना बोकेका युवा नेताको रुपमा छवी बनाएको पार्टी निकट नेताहरुको प्रतिक्रिया छ ।

विद्यार्थी जीवनबाटै पार्टीमा होमिएका वरालले दुई दशकबढी समयदेखि पार्टीमा आँफूलाई सक्रिय बनाएका छन् । कांग्रेसको पछिल्लो विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगरको नेतृत्व चयनका लागि ६ सय बढी क्षेत्रीय प्रतिनिधि वडाबाट चयन भएको पार्टी स्रोतले बताएको छ । नगर अधिवेशन यही भदौ २७ गते आइतबार सम्पन्न हुँदैछ । अधिवेशन आउँनै लाग्दा नेतृत्व दावी गर्ने क्रम बढेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु