वडानम्बर ८ ले गर्‍यो ५ सय ५० घर परिवारलाई राहत वितरण

2020-04-18 मा प्रकाशित

इटाभट्टा,÷ मेचीनगर नगरपालिका वडानम्बर ८ वडाकार्यालयले आफ्नो वडामा भएका विपन्न समुदायका परिवारलाई रहत रकम वितरण शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११गते देखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाध्यन्न संकट शुरु भएपछि वडाले खाध्यान्न वितरण शुरुगरेको हो ।

वडाले केन्द्रिय नीति अनुसार परिवार संख्याका आधारमा ४ जना र सो भन्दा बढीको परिवार भएको घरमा १५ केजी चामल, ३केजी आलु , २ केजी दाल , १ पोका नुन र आदा केजी तेल र सो भन्दा कम परिवार संख्या भए १० केजी चामलका दरले राहत वितरण शुरु गरेको र राहत वितरणमा अपुग रकम वडा बजेटबाट व्यवस्था गरिने वडा अध्यक्ष विकेन्द्र धिमालले बताए ।

वडाकार्यालयले आफ्नो वडा अन्र्तगत रहेका पाथिभरा , शिवालय , सुर्योदय , सरस्वती , ससुनाखरी लगायत २९ वटै टोल विकास संस्थाका ५सय ५० घरपरिवार लाई रहत रकम वितरण गर्ने वडाध्यक्ष गंगा पाठकले जानकारी दिए ।वडामा ठूलो संख्यामा विपन्न समुदायको बसोवास रहेको र अफ्ठेरोमा रहेको परिवारको पहिचान गरी पारदर्शी रुपमा राहात सामाग्री वितरण गरिने उनको भनाइछ । थोरै मात्रामा भएपनि राहात पाउँदा विपन्न परिवार हर्षित बनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु