झापामा थपिए ५ जना कोरोना संक्रमित

2020-06-13 मा प्रकाशित

मेचीनगर । झापामा शनिबार थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ ।

पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु