अव शुल्क सहितका क्वारेन्टाइन ,काँकरभिट्टाका ६ वटा होटल

2020-06-17 मा प्रकाशित

मेचीनगर,३ असार ।नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

। नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।होटल क्वारेन्टाइनमा बस्नेहरुले शुल्क भने तिर्नु पर्ने छ यी होटलहरुमा नेपाल र भारतबाट आएका २२ जना मानिसहरु क्वारेन्टाइनका रुपमा बसिरहेका छन् ।

नगरको वडैपिच्छे क्वारेन्टाइन र होल्डिङ प्वोइन्ट भएपनि नेपाल–भारत आवत–जावत गर्ने यात्रुहरुको भीडभाड बढेपछि त्यसको सहजताका लागि
काँकरभिट्टाका होटलहरुलाई क्वारेन्टाइनको रुपमा व्यवस्था गरिएको नगरप्रमुख विमल आचार्यले बताए ।
होटललाई क्वारेन्टाइन बनाउने विषयमा वडाध्यक्ष ललितबहादुर तामाङको नेतुत्वमा बसेको छलफलमा होटल व्यवसयी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सचिव हस्तबहादुर तामाङ, नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइराला लगायत होटल सञ्चालकहरुको सहभागिता थियो ।

कोरोना भाइरसको महामारीले गर्दा सीमा नाकामा आवत–जावत गर्न यात्रुहरुलाई समस्या भएकाले सरकारको मापदण्ड अनुसार होटलको क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको वडाध्यक्ष तामाङले बताए ।
वडाध्यक्ष तामाङका अनुसार होटलको क्वारेन्टाइनमा रेकर्ड राख्ने, सामाजिक दुरी कायम गराउने, सेनेटाइजर राख्ने, सावधानी अपनाउने, व्यवस्थापनलाई सहज बनाउने, क्वारेन्टाइनको मापदण्ड पूर्ण पालना गर्ने लगायतका निर्णय गरिएको छ ।
नेपालबाट आउनेलाई १४ दिन होटलमा राखेर आरडीटी गरेपछि होम क्वारेन्टाइनमा पठाउछौँ’ वडाध्यक्ष तामाङले भने–‘भारतबाट आएकालाई चाहिँ पीसीआर चेक गराईन्छ ।’

यात्रुलाई एउटा कोठाको एकदिनलाई ५ सयदेखि १ हजार रुपैयाँसम्म लिएर होटलको क्वारेन्टाइनमा राख्ने सहमति भएको होटल व्यवसयी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।‘हामी पैसा तिरेर होटलको क्वारेन्टाइनमा बस्छौँ भन्नेलाई राख्छौँ । नत्र त नगरपालिकाले स्थापना गरेका वडाका क्वारेन्टाइनमा स्थानीय सरकारको खर्चमा राख्ने गरेका छौँ’–उनले भने ।
लकडाउनले मारमा परेका होटल व्यवसायी विस्थापित हुने अवस्था पुगेको होटल व्यवसयी संघ मेचीनगरका अध्यक्ष श्रेष्ठको भनाई छ ।

करडौँ लगानीमा सञ्चालनमा रहेका होटलहरुको बैँकको व्याज, किस्ता, पानी, बिजुली लगायतको विलमा सरकारले सहुलियत नदिएकोमा उनले गुनासो गरे ।मेचीनगरमा मात्र ३३१ वटा दर्ता र दर्ता नभएका २०० वटा भन्दाबढी होटलहरु छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु