मेची आँखा अस्पतालको अध्यक्षमा जलकुमार

2022-03-04 मा प्रकाशित

बिर्तामोड, २० फागुन । मेची आँखा अस्पताल अनारमनीको अध्यक्षमा जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार भएको अस्पतालको साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित भएका छन् ।

सदस्यहरुमा निवर्तमान अध्यक्ष छत्र अधिकारी, दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, चण्डीराज पराजुली, सुरज खत्री र डा।गोपाल पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत डा।पुरुषोत्तम जोशीले जानकारी दिए ।

साधारण सभाले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । सभामा नवनिर्वाचित अध्यक्ष गुरुङले अस्पतालको सेवा विस्तार र गुणस्तरियताका लागि सक्रिय बन्ने दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु