अनेम संघको आयोजनामा स्वास्थ्य शिविर

2022-06-25 मा प्रकाशित

धुलाबारी, ११ असार । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मेचीनगर–९ स्थित कवि शिरोमणि माविमा भएको शिविरमा २१० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा १२ जनामा गाइनोको समस्या, ७ जनामा दाँतको, ८ जनामा हाडजोर्नीको र एक जनामा पायल्सका समस्या देखिएको स्वास्थ्य शिविरमा खटिएका विशेषज्ञहरुले बताएका छन् । उनीहरुलाई थप उपचारका लागि बीएन्डसी अस्पताल बोलाइएको छ ।

ग्रामीण क्षेत्रका मानिसलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको अनेम संघ मेचीनगर कमिटीले जनाएको छ । शिविरमा स्त्री तथा प्रसुति, दाँत, हाडजोर्नी, फिजिसियन विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए ।

स्वास्थ्य शिविरमा बीएन्डसी अपतालको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको अनेम संघ मेचीनगर कमिटी सचिव अनिता गुरागाईंले जानकारी दिइन् ।

अनेम संघ मेचीनगर कमिटी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं, अनेम संघ केन्द्रीय सदस्य लता प्रसाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, कविशिरोमणि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि पौडेल, विद्यालयका सहायक प्रधानाध्यापक लोहितप्रसाद चापागाईं, नेताहरु मणिकुमार उप्रेती, रेणुका डाँगी लगायतको आतिथ्यता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु