हस्पिटलका कर्मचारी ओछ्यानमै मृत भेटिए

2022-06-28 मा प्रकाशित

विर्तामोड, १४ असार । पूर्णटुंग विर्तासिटी हस्पिटलमा ‘ट्रली ब्वाइ’को रुपमा काम गर्दै आएका एक कर्मचारी ओछ्यानमै मृत भेटिएका छन् ।

हस्प्टिलका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटालाई हस्पिटल परिसरमै रहेको क्वाटरमा मंगलवार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार गौरादह नगरपालिका वडा नं। ३ निवासी बाँस्तोला ड्युटी समयमा नउठेपछि उठाउन जाँदा मृत भेटिएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु