मास्कको प्रयोगलाई अनिवाय गर्न काँकरभिट्टामा सचेतना

2020-07-07 मा प्रकाशित

मेचीनगर ।कोरोनाबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नै भन्दै मंगलबार प्रहरीको अगुवाईमा काँकरभिट्टामा विभिन्न सामाजिक संघ संस्थाहरुले सचेतना अभियान शुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको अगुवाईमा लायन्स क्लब, रोटरी क्लब, माइती नेपाल, मेची उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा बजारमा मास्क नलगाई हिड्ने नागरिकलाई रोकेर मास्क लगाइदिने र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना अभियान थालिएको हो ।

ईलाका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेल, वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङ, सामाजिक अभियन्ताहरु नवराज खनियाँ, गोविन्द घिमिरे, विना तामाङ, दिपेन्द्रराज पाण्डे, सन्तोष आचार्य, दिनेश पाखरेल, प्रविन थापा, डम्बर खवास, सजित तामाङ, नितेशकुमार सिंह राजपुत, विमर्श श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सोमबारदेखि मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना जारी गरेको थियो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएकोले सचेतना अभियान शुरु गरिएको डिएसपी पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु