खेमराज थाम्सुहाङ्ग
समय एक अदृश्य वस्तु जुन अझै बगिरहने अतभूत जिनिस भनेर बुझ्नुपर्छ । यसरी समय परिवर्तन हुँदै जाँदा मानव जातीको जीवनस्तर र जिउनेशैलीमा पनि परिवर्तन आउनु पर्ने हुन्छ । मौसम, जलवायु फेरबदल हुने क्रममा प्रकृतिका उद्भव र प्राणी जगतमा समेत रंग–रुप बदलिने र स्थानतर प्रक्रिया वास्तविक नियम तथा अटुट भइरहने अनिवार्य प्रणाली बुझिन्छ ।
यसरी समय परिवर्तनको क्रममा अकल्पनीय ढङ्गबाट स्थिर बसिदिए यसबाट के असर पर्छ ? त्यो कल्पना गरेर मात्र सकिन्छ जस्तो लाग्दैन । भनौ ूभ्अययिनथ, भ्अयकथकतझ, दष्ययिनथ कथकतझू मा कस्तो प्रभाव पर्छ होला, जो जे जस्तो छ, त्यस्तै यर्थावत रहिरहने होला अथवा सुन्यमा विलिन हुनपुग्छ होला, के यो एउटा काल्पनिक अडकल बाजी मात्र हो ?
तर यो संसार अस्थिर छ । हिजो आज र भोली एक नास हुँदैन । उदुभित, मौसम भू–बनावटमा फेरबदल भइरहन्छ । प्राणी जगतमा उमेर, रंग–रुप र सोचाई पनि परिवर्तन भइरहन्छ, यहि अस्थिर परिवर्तनले नै जिउन सिकाउले र आवश्यकताको महसुस गराउँदछ । यो आवश्याकताले नै विकास निम्त्याउँछ । यस सिल–सिलाको क्षेत्रमा, बेलायतका एक वैज्ञानिक ९ल्बतगचभ, न्भययिनथ, द्यष्ययिनथ० प्रकृति, भू–गर्व र प्राणीका वैज्ञानिक चाल्र्स डार्विनको एक सिद्धान्त ूक्गचखष्खब िया तजभ ाष्तलभककू लाई आधार मान्न सकिन्छ । भनौ यस संसारमा परिवर्तन समय र प्रकृतिअनुसार जुन प्राणीले आफूलाई बदल्न सक्छ त्यो प्राणी मात्र आउँदो नविन फेर–बदल जगतमा आफूलाई नयाँ ढङ्गबाट जिउन सक्षम हुन्छ । एक वाक्यमा “भविष्यलाई सोचेर चल्न सके, निरन्तर बाँचिरहने छ, अस्ति र हिजोको आडमा अघि बडे, सुस्त–सुस्त तरलता हुँदै विलय हुनेछ ।”
यसै सन्दर्भमा अलि कति नेपाली राजनीतिको गतिविधिलाई जोडन चाहे । विश्वको कुनै पनि विकसित राज्यको भौतिक मानसिक विकासको उदाहरण हेर्दा सबै–प्रया त्यस देशको राजनीति इतिहासलाई र नेतृत्व गर्ने व्यक्तिलाई हेर्नुपर्ने हुन्छ ।
सर्वप्रथम, समयानुसार एक दर्शन–विचार (सिद्धान्त) प्रतिपादन हुन्छ, दोस्रो तहमा एक अगुवाइको पक्षमा समूहले अभियानको रुपमा प्रयोग गर्छ र तेस्रो चरणमा अर्कै पुस्ताका समूहले विकासको अभियान प्रारम्भ गर्दछ, यो जति २÷३ वाक्यमा भनिएको छ, व्यवहारिक पक्षमा हेर्दा यी समय (चरण) पार गर्न एक युग लाग्दछ ।
यसरी हेर्दा नेपालको राजनीति इतिहासलाई हेर्दा वास्तविक २००७ साल यता एक वैचारिक हिसावले हिडेको देखिन्छ ।
२००७ साल अघिको अवस्था हेर्दा, सत्ता हड्प्ने र टिक्ने तरिका अति दर्दनाक देखिन्छ । जस्तैः हत्या, हिंसा, सडयन्त्र, गुटबन्धी पक्ष–विपक्षप्रति भर परेको देखिन्छ । जनताले पनि सामान्य सम्झन्थे, पारिवारिक समस्या र सत्ता चड्ने संस्कार मान्थे, जनातले पनि भाग्य कर्मको फलप्रतिको सराप र पूर्वजन्मको परिणाम भन्थे र आफ्नो दुःखलाई त्यसरी चित्त बुजाउन्थे ।
विस्तारै समय वित्तै गयो । समाजमा परिवर्तन देखिन्दै आए, तपाई–हाम्रो सोचाइमा समेत परिपक्कता आएको महसुस भयो ।
मानिसको भाग्य भगवानले होइन, सरकारको नीति र राज्यको संरक्षणले हुन्छ भन्ने थाहा पाइसके पछि सक्षम र योग्य नेतृत्वले नै अभिभावकको भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास गर्न थाले । उक्त सयमदेखि नै सत्ता हड्प्ने तौरतरिका पनि फरक हुन थाले ।
केही पुराना राजनीतिक दलहरु एक सिद्धान्तलाई अंगालेर हिँडे पनि दोस्रो–तेस्रो मुलुकहरुको इशारा मान्न माध्यता थिए । ति सहयोगी मुलुकहरुले राजाबाट आफ्नो इच्छा आकाक्षा सम्भव नभए पछि दलहरुलाई सहयोग गरेर आफ्नो आकांक्षा पुरा गर्न चाहान्थे भने एउटा ढुङ्गले दुई वटा चार मार्ने लक्षण लिन्थे भने उता दलहरुलाई पनि बाह्य मुलुकको शक्ति आवश्यक चाहान्थे ।
यसरी दलहरुको चाहना पनि राजा निष्कृय भएर बसेको इच्छा लिन्थे भने अप्रत्यक्ष रुपमा अभिभावकको स्थान दिन चाहन्थे भने उता सत्ता र शक्तिका निम्ति अन्य मुलुकको सहयोग पनि अपरिहार्य मान्थे । यसरी दुई पक्ष (बाह्य मुलुक र राजतन्त्र) लाई टिकाउन सन्तुलन राखेर हिड्दा–हिड्दै राणा हटाए, पश्चात व्यवस्था विस्थापित गरे र लोकतन्त्र स्थापित गरी, सत्ता हड्पने र स्थापिन गर्ने एक अभियानताको भूमिका मात्र खेलेको देखिन्छ । पछि फर्केर हाम्मीले के–के गुमायौँ, कुन–क्षेत्रमा के–के हुँदैछ भन्ने हेर्न र सोच्नै समय निकान्न पाएनौँ ।
पहिलो–दोस्रो विश्वयुद्ध अघि कुनै पनि राज्यमा शासकले अन्य मुलुकलाई आक्रमण गर्ने वा आफ्नो राज्यलाई बचाउने र शैनिक ठूलो संख्यामा बलियो बनाएर राखे यसैमा केन्द्रित हुन्थे भने यी हाम्रा अभियानताहरु पनि सत्ता हड्प्ने, टिकिरहने र शक्ति लिइरहने भित्रमा केन्द्रित भइरहँदा समय बितिसकेको र मावन समाजको परिवर्तन र आवश्कयता बुझ्न चिन्न सकेनन् ।
अबको २१ औँ शताब्दीको समयले खोजेजस्तै मानव समाजको हितको निम्ति विकासको अभियानलाई नेतृत्व गर्न सक्ने एक शिक्षित, दूरदर्शी, योग्य, जनताको सेवक, देशको सन्तान, स्वार्थहिन र आफ्नो तह भन्दा एक फूट माथि उठेर नेतृत्व गर्न सक्ने एक सक्षम उमेद्वार छान्ने समय आउँदै छ ।
म मर्छु होला, यति वर्ष भयो, जेल परे, यस्तो कथा बिलौनामा फसी भावनामा डुबेर भन्ने नेताको पछि लाग्नु हुँदैन भन्ने हामी मतदाता पनि मासु, सेन्तेरेम, पेट्रोल, जागिर, आफन्त, छिमेकी, साथी भनेर लै–लै मा छिडेर–लामेरै सुकेको पत्ता जस्तै हावाले जता लाग्छ उतै गएर मतदान गर्ने होइन है ।
ऋजबच िम्बचधष्ल को सिद्धान्तनुसार क्गचखष्खब िया तजभ ाष्तलभकक आधारित जुन दल वा नेतृत्वले समाज, वर्ग, लिङ्ग, तह र समयको खाँचोको महसुस गर्न सक्छ, त्यो नै विकासको अभियान्तालाई निरन्तर अघि बड्न सक्छ भने जुन मतदाताले देशको माया गर्छ, आउँदो समय कस्तो हुन्छ भन्ने अन्तरनेत्रबाट हेर्न सक्षम हुन्छ त्यसमा मानुभावहरु मत्र सहि उमेद्धवारलाई मतदान गर्न सक्छन् जाहे दल फरक किन नहोस् ।
2022-11-13 मा प्रकाशित
प्रतिकृया दिनुहोस्