२०९ जनाले गराए निशुल्क आँखा परिक्षण

2022-11-13 मा प्रकाशित

मेचीनगर । मेचीनगर–९ स्थित स्व.लिलाकुमार र कौशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान तथा स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.को संयुक्त आयोजनामा दृष्टि जोगाओैं, अन्धोपन हटाओैं भन्ने मुल नाराको साथ शनिबार निशुल्क आँखा शिविरू सम्पन्न भएको छ ।
मेचीनगर–३, स्थित् बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा मेची नेत्रालय काकडभिट्टाको प्राविधिक सहयोग रहेको थियो । शिविरमा मेचीनगर–३ र बुद्धशान्ति–५ का २०९ जनाले आँखा परिक्षण गराएका थिए ।

आँखाको स्वास्थ्य परिक्षण गराएका मध्ये औषधि आवश्यक पर्ने सबैलाई औषधि समेत निशुल्क वितरण गरिएको  प्रतिष्ठानका अध्यक्ष तथा विद्यालयको प्रिन्सिपल कविन्द्र श्रेष्ठले जानकारी दिए । शिविरमा हेल्पिङग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिल काठमाडौंको सहयोगमा आवश्यक ८७ जनालाई रिडिङ ग्लास (चस्मा) वितरण गरिएको विद्यालयका प्रोपाइटर रिता थापा श्रेष्ठले दिइन् । परिक्षणको क्रममा १५ जनालाई मोतिया विन्दु रहेको पुष्टि भएको र उनीहरु मध्ये विपन्न वर्गलाई हेल्पिङग हेण्ड्सको सहयोगमा अस्पतालले निशुल्क अपरेसन गरिदिने मेची नेत्रालयका वरिस्ठ नेत्र अधिकृत डा. योगेन्द्र राउतले जानकारी दिए । प्रतिष्ठानले यस अघि पनि विभिन्न सेवाका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा सामाजिक क्षेत्रका कामलाई निरन्तरता दिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु