हात्तीपाइले रोगबिरुद्ध औषधिसेवन अभियानलाई मेचीनगरले दियो तीब्रता

2023-02-24 मा प्रकाशित

मेचीनगर। मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तीब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुनेहात्तीपाईले रोगबिरुद्ध औषधि सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तीब्रता दिएको हो ।

मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधि सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन गरेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।

मेचीनगरमा हात्तीपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु