क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला

2023-04-15 मा प्रकाशित

मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् ।
उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा पुगेर पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा धनबहादुरले गहभरी आँसु पार्दै भने, ‘मलाई अझै बाँच्न रहर छ । उपचारमा सहयोग गरिदिनु होस ।’
उमेरले ७० नाघेका खत्री भक्कनिएर रुँदा सहभागि सबैका आँखा रसाएको थिए ।
गत असारमा स्वस्थ्यमा समस्या भएपछि उपचारको लागि भारतको सिलगडी, नेपालको धरान, भरतपुर, बिर्तामोड लगायतका ठाउँमा परिवारले उपचारको लागि पुर्याएका थिए । घाँटीको बाहिरपट्टि सानो फोको देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन पुगेका खत्री त्यसबेला छाँगाबाट खसे जव उनलाई डक्टरले क्यान्सर भएको बताए । त्यसपछि चिकित्सकले उनलाई थप उपचारका लागि भरतपुर लैजान सल्लाह दिएका थिए । चिकित्सककै सल्लाहमा भरतपुर र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडमा हाल उनको उपचार भइरहेको छ ।
आर्थिक रुपमा अत्यन्तै कमजोर खत्री परिवार उनै धनबहादुरको साहारमा आश्रीत थियो । सडक,बाटो, तथा घर बनाउने मजदुरी काम गरेर जीवन निर्वाह गर्दै आएका धनबहादुर थलिएपछि उनको उपचारमा यतिखेर ठूलो आर्थिक संकट सिर्जना भएको छ ।
धनबहादुको उपचारमा हाल सम्म ७ लाख खर्च भइसकेको उनका ज्वाँइ ले बताए । हामीले ऋण पान गरेर बुबाको उपचार गरिरहेको छौं तर अवभने थप उपचारको लागि पैसा छैन । पत्रकार सम्मेलनमा उनले भने, ‘बुबाको उपचारमा सहयोग गरिदिनु होला ।’
प्यारी भिट्टा जनता टोल विकास समितिका अध्यक्ष धनश्यम लामिछानेले धनबहादुरको उपचारमा आर्थिक सहयोग जुटाइ दिन आग्रह गरे । भएको १० धुर जमिन बेच्दा त उपचार हुन्थ्यो होला । उनले भने,‘घरबेचेको भोलिपल्ट यो परिवार कहाँ गएर बस्छ ।’ खत्रीको उपचारमा तत्काल ३ लाख आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु