बौद्धमोडमा निशुल्क आँखा शिविर, ३७० जनाले लिए सेवा

2023-05-05 मा प्रकाशित

बौद्धमोडमा । २५६७औँ बुद्ध जयन्तीको अवसर पारेर मेचीनगर –२ स्थित बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल परिषरमा एक दिवसीय निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल, हरिहर सत्संग धार्मिक बिकास संस्था, ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा दुर्गा चन्द्र मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा मेचिनगर नगरपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रममा प्राविधिक सहयोग मेची नेत्रालय आँखा अस्पतालले गरेको थियो ।

शिविरमा ३७० जनाको आँखा परिक्षण गरिएको थियो जसमध्ये १८ जनालाई अप्रेसन गर्न डा. सुझाव दिएका थिए । सोही अवसरमा आयोजकले अपाङ्गता साहायक सामाग्री बैंकबाट मेचीनगर – ३ निवासी बिष्णु राईलाई १ थान ब्यील चेयर वितरण गरिएको थियो ।
समाजमा भएका हरेक ब्यक्तिले हेर्न सक्नुपर्छ भन्ने उद्देश्यले निः शुल्क आँखा शिविर आयोजना गरेको आयोजक समितिका सचिन निरौलाले बताए ।


मेनपा –२ का अध्यक्ष वडाध्यक्ष दिपक बराल सभापतित्व तथा सामाजिक ब्यक्ति ज्ञान बहादुर तामाङ्गको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, समाजसेवी सचिन निरौला ,मेचि नेत्रालयका प्राविधिक डा. योगेन्द्र राउत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पण्डित मुकुन्द नेपालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु