मुख्य खबर

धुलाबारी माविको पूर्वविद्यार्थी समाजको अध्यक्षमा कोइराला

धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको तेस्रो अधिवेशनले हरि कोइरालालाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ । कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्वविद्यार्थी समाज गठन भएको छ । पूर्वविद्यार्थीहरूको पुनर्मिलन, शुभकामना आदानप्रदान, पूर्वविद्यार्थी सम्मान तथा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहनेछ। समितिको उपाध्यक्षमा लीला प्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र […]

पूरा पढ्नुहोस्

दशैंमा पनि बीएण्डसीको उपचार सेवा निरन्तर

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले दशैंको बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा निरन्तर सञ्चालन गर्ने भएको छ। अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म अर्थात् अष्टमीदेखि एकादशीसम्म चार दिन आकस्मिक कक्षमार्फत उपचार सेवा उपलब्ध गराउने भएको हो। अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार चाडपर्वका समयमा पनि बिरामीले सहज रूपमा स्वास्थ्य सेवा […]

पूरा पढ्नुहोस्

आदर्श माविको पूर्वविद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा पर्शुराम

मेचीनगर । मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाज पुनर्गठन गरिएको छ। समाजका अध्यक्ष तथा सक्रिय समाजसेवी शंकर भट्टराईको केही महिनाअघि निधन भएपछि नयाँ नेतृत्व चयन गरिएको हो। आइतबार विद्यालय परिसरमा आयोजित पूर्वविद्यार्थीहरूको भेलाले पर्शुराम पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा मनमाया कटुवाल देवकोटा, सचिवमा सागर घिमिरे तथा सदस्यमा […]

पूरा पढ्नुहोस्

मेचीनगर–४ मा पूर्व जनप्रतिनिधि सम्मानित

मेचीनगर । झापाको मेचीनगर स्थित ४ नम्बर वडा कार्यालयले ‘योगदानको कदर, सेवाको सम्मान’ भन्ने नारासहित शुक्रबार पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । २०१९ सालदेखि २०७४ सालसम्म वडाध्यक्ष तथा वडा सदस्यका रूपमा निर्वाचित भई जनसेवामा समर्पित भएका पूर्व जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुने पूर्व वडाध्यक्षहरूमा अमरबहादुर बुढाथोकी, अशोक सुब्बा, […]

पूरा पढ्नुहोस्

आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौं, ३१ असोज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]

पूरा पढ्नुहोस्

बुबाको स्मृतिमा दुबईमा रहेका रविनले गरे, गोल्डकपको प्रथम पुरस्कार प्रायोजन

मेचीनगर । वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रविन भारतीले आफ्ना स्वर्गीय बुबा टीकाराज भारतीको स्मृतिमा आदर्श स्मृति गोल्डकपको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । उनले प्रतियोगिताको प्रथम पुरस्कारका लागि ५१ हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका हुन् । मेचीनगर–४ स्थित आदर्श युवा क्लबको आयोजनामा असोज २५ देखि कात्तिक १ गतेसम्म स्थानीय पशुपति माध्यमिक विद्यालयको […]

पूरा पढ्नुहोस्

नेपालीहरुको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

झापा। नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले बताए। सूर्योदयकालमा प्रतिपदा भएका […]

पूरा पढ्नुहोस्

एभरेष्ट भ्यूमा ‘एभरेष्ट संवाद शृङ्खला’ सुरु

मेचीनगर । झापाको मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माध्यमिक विद्यालयले बिहीबारदेखि ‘एभरेष्ट संवाद शृङ्खला’ सुरु गरेको छ । विभिन्न क्षेत्रका सरोकारवाला तथा शिक्षासेवीसँग अन्तरसंवाद गर्ने उद्देश्यले विद्यालयले संवाद शृङ्खला सञ्चालनमा ल्याएको हो । कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत आयोजित अन्तरसंवादमा नगरप्रमुख बुढाथोकीले आफ्नो बाल्यकाल, शैक्षिक तथा राजनीतिक जीवनका संघर्ष […]

पूरा पढ्नुहोस्

कांग्रेसको १५औँ महाधिवेशनः आज १० बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि […]

पूरा पढ्नुहोस्

देशका विभिन्न ठाउँमा मध्यम बर्षा हुँदै

काठमाडौँ । देशका विभिन्न प्रदेशहरु कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक रुपमा पानी परेको छ । पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावले किसानले लगाएको धानबालीमा क्षति पुगेको छ । जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ […]

पूरा पढ्नुहोस्