राजनीति
मेचीनगरले मागपत्रलाई बेवास्ता गरेको भन्दै ६ दल आक्रोशित, भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी
मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै छ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । […]
पूरा पढ्नुहोस्ढल्यो प्रचण्ड सरकार, पदमुक्त भएसँगै प्रचण्डले छाडे बालुवाटार
काठमाडौं, २८ असार। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए । एमालेले समर्थन फिर्ता […]
पूरा पढ्नुहोस्एमाले मेचीनगर उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले […]
पूरा पढ्नुहोस्काँकरभिट्टा खानेपानीको निर्वाचन : लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले गर्याे उम्मेद्वारी घोषणा, अध्यक्षमा बुढाथोकी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार काँकरभिट्टा स्थित सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी […]
पूरा पढ्नुहोस्एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति गर्दैन : अध्यक्ष ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति नगर्ने बताएका छन् । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको विर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन होइन् कार्यक्रमका प्रमुख अतिथि ओलीले भने सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध […]
पूरा पढ्नुहोस्लोकतन्त्रवादी जनजाति महासंघ क्षेत्र नं १ को सभापतिमा राम मगर निर्वाचित
धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ को सभापतिमा राम मगर निर्वाचित भएका छन् । सोमबार क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए । सभापति पदका लागि अर्जुन सुब्बा र मगर प्रतिस्पर्धामा थिए । सुब्बाले ५५ […]
पूरा पढ्नुहोस्देशमा कायापलट गर्न शिक्षामा दुई अंकको बजेट ल्याउनुपर्छ ( नेता कार्की
मेचीनगर । नेकपा माओवादी केन्द्रका सचिब राम कार्की (पार्थ)ले नेपालमा शिक्षा क्षेत्र निरुत्साहित हुँदा राजनीतिलगायत सबै क्षेत्र तहसनहस भएको बताए । रिडर्स झापाले शनिबार काकर्भिट्टामा राम कार्की (पार्थ)द्वारा लिखित (विकल्प) समता, समाजवाद र मुक्त दुनियाँ अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै लेखकसमेत रहेका कार्कीले सरकारले तहसनहस भएका क्षेत्रलाई बचाउन शिक्षामा दुई अंकको बजेट छुट्याउनुपर्ने औंल्याए । शिक्षा […]
पूरा पढ्नुहोस्टुट्यो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बन्ने
काठमाडौं, २१ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि […]
पूरा पढ्नुहोस्अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]
पूरा पढ्नुहोस्पूँजीबादी राजनीति प्रणालीले देश चरम संकटमा फस्दै छ : केन्द्रिय सदस्य लामा
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पोलिट्ब्यूरो सदस्य माइला लामाले दलाल पूँजीबादी राजनीति प्रणाली, र दलाल पूँजीबादी स्वामित्व प्रणालीले देशलाई चरम संकटमा धकेलेको बताएका छन् । काँरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले सो करा बताएका हुन् । आर्थिक, समाजिक राजनीतिक र सांंस्कृतिक संकट समाधानकोलागि ‘नेपाली विशेषताको समाजवाद’ आजको आवश्यक रहेको […]
पूरा पढ्नुहोस्