धुलाबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ३५ वर्षसम्म शोषण गर्नेहरुको एक–एक हिसाब गर्न आएको बताएका छन् । मंगलबार बिहान रोड शो गर्ने क्रममा धुलाबारीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भ्रष्टाचारीको पत्तासाफ गर्न र जेन्जी भाईबहिनीहरुको बलिदान खेर जान नदिने उल्लेख गरे । ‘झापा १ मा निशाको लागि माया कति रहेछ भनेर हेर्न आएको हो’ नेता लामिछानेले भने, ‘निशाले भारी मतान्तरले जित्नेमा म ढुक्क भएँ ।’
त्यसक्रमा उनले नेपालको संसद्मा ‘जेन्जी’ शब्द उठाउने पहिलो महिला र कान्छी सांसद निशा डाँगी नै भएको दाबी गरे । ‘पार्टीले अन्य क्षेत्रबाट उम्मेदवार बनाउन खोजेको थियो’ नेता लामिछानेले भने, ‘तर, उहाँले झापा १ नै रोज्नुभो, जुनै क्षेत्रमा पनि जित्ने सम्भावना रहेको थियो ।’ झापा १ ले निशालाई विजयी गराएर प्रतिनिधि सभामा पठाएर इतिहास रच्नेमा ढुक्क भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्