स्थानीय खबर
एभरेष्ट भ्यूमा ‘एभरेष्ट संवाद शृङ्खला’ सुरु
मेचीनगर । झापाको मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माध्यमिक विद्यालयले बिहीबारदेखि ‘एभरेष्ट संवाद शृङ्खला’ सुरु गरेको छ । विभिन्न क्षेत्रका सरोकारवाला तथा शिक्षासेवीसँग अन्तरसंवाद गर्ने उद्देश्यले विद्यालयले संवाद शृङ्खला सञ्चालनमा ल्याएको हो । कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत आयोजित अन्तरसंवादमा नगरप्रमुख बुढाथोकीले आफ्नो बाल्यकाल, शैक्षिक तथा राजनीतिक जीवनका संघर्ष […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक–अभिभावक संघमा पुनः सुभाष लिम्बू
मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा सुभाष लिम्बू पुनः सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न शिक्षक–अभिभावक संघको भेलाले लिम्बूलाई पुनः अध्यक्षमा चयन गरेको हो । नवगठित समितिका सदस्यमा बिन्जिता तामाङ, सीता निरौला भट्टराई, सीता पौडेल, जानुका गिरी, शर्मिला श्रेष्ठ, हर्कबहादुर लिम्बू, मञ्जु रसाइली र मीना कुमारी चेम्जोङ रहेका छन् । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा दोस्रो आदर्श खुल्ला कराँते प्रतियोगिता असोज १७ र १८ गते हुने
मेचीनगर । झापाको मेचीनगरमा असोज १७ र १८ गते दोस्रो आदर्श खुल्ला कराँते प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श डोजोको आयोजना तथा स्वास्थ्य तथा वातावरण मञ्चको प्रायोजनमा दुई दिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका बारेमा आयोजकले आइतबार वातावरण मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आदर्श डोजोका अध्यक्ष […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पाँच दिनमा २५ हजारले लगाए जेईविरुद्धको खोप
मेचीनगर । झापाको मेचीनगरमा जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत पाँच दिनमा २४ हजार ९९९ जनाले खोप लगाएका छन् । नगरपालिकाका १५ वटै खोप केन्द्रबाट शुक्रबारसम्म उक्त संख्यामा नागरिकले खोप लगाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । उहाँले ३० वर्षमाथिका सबै नागरिकलाई अभियानमा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
नकलबन्दा समाज विकास समितिको अध्यक्षमा पुन : इन्द्रबहादुर
नकलबन्दा । मेचीनगर–५ र ६, नकलबन्दामा सामाजिक एकता, आपसी सद्भाव, विकास तथा स्थानीय समुदायको हितका लागि सक्रिय रहँदै आएको नकलबन्दा समाज विकास समितिको आगामी तीन वर्षे कार्यकालका लागि बुधबार नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा इन्द्रबहादुर तामाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ज्योती न्यौपाने खड्का, सचिवमा पशुराम पराजुली, सह–सचिवमा निखिल […]
पूरा पढ्नुहोस्
कांग्रेस मेचीनगर सभापतिमा योगेन थापा निर्वाचित
धुलाबारी । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । उनी ३७८ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि मेचीनगर कांग्रेसको उपसभापति थिए । उनका प्रत्यासी भक्त बहादुर तामाङले १६४ मत मात्र ल्याएका छन् । धुलाबारीको टाउन हलमा अहिले भर्खरे सम्पन्न मत परिणाम अनुसार उपसभापतिमा कञ्चन बराल निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्
विद्युत्को तारमा मोटरसाइकल बेरिँदा पत्रकार आचार्य दुर्घटनामा, दोषीमाथि कारबाहीको माग
मेचीनगर । सडकमा विद्युत्को तार असरल्ल छरिएको अवस्थामा गुडिरहेको मोटरसाइकल त्यसैमा बेरिँदा मेचीनगरका पत्रकार युवराज आचार्य दुर्घटनामा परेका छन् । मेचीनगर–८ निवासी पत्रकार युवराज आचार्य आफ्ना बुबालाई मोटरसाइकलमा लिएर बिरामी हजुरआमालाइ भेट्न गइरहेका बेला मेचीनगर ४ स्थित पाथीभरा टोलमा सडकमा छरिएको विद्युत्को तार मोटरसाइकलमा बेरिएपछि दुवैजना लडेका थिए । मोटरसाइकल दुर्घटनामा परे पनि आचार्य र […]
पूरा पढ्नुहोस्
मेचीनगर–४ का किसानलाई पशु स्वास्थ्यबारे परामर्श
मेचीनगर । पशुमा लाग्ने विभिन्न रोगको रोकथाम, उपचार तथा औषधिको सुरक्षित प्रयोगबारे मेचीनगर–४ का पशुपालक किसानलाई जानकारी दिइएको छ। मेचीनगर नगरपालिका–४ को आयोजनामा भएको एकदिने पशु स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रममा गाईवस्तुमा लाग्ने खोरेत रोग (एफएमडी), लामखुट्टेको टोकाइबाट सर्न सक्ने जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिकप्रतिको प्रतिरोध क्षमता (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) बारे जानकारी दिइएको हो। कार्यक्रममा […]
पूरा पढ्नुहोस्
नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न
मेचीनगर । ११औँ संविधान दिवसको अवसरमा नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं मेचीनगर नगरस्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित शान्तिपथ इङ्गलिस स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका नेशनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । विद्यार्थीहरूमा साहित्यिक सिर्जनशीलता, लेखन तथा वाचन क्षमता, आत्मविश्वास र बौद्धिक विकास अभिवृद्धि गर्ने तथा नेपालको […]
पूरा पढ्नुहोस्
बालकल्याण माविमा पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा अंग्रेजी विषयतर्फ उत्कृष्ट औसत जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक कुलमणि भण्डारीलाई सम्मान गरेको छ। भण्डारीलाई सन्तलाल माझी अक्षयकोषमार्फत सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्