स्थानीय खबर
मेचीनगरमा आगामी माघ १२ र १३ गते प्रथम इण्डो नेपाल ताइक्वांडो प्रतियोगिता आयोजना हुने
मेचीनगर । झापाको मेचीनगरमा आगामी माघ १२ र १३ गते दुई दिवसीय प्रथम इण्डो नेपाल ताइक्वांडो प्रतियोगिता आयोजना हुने भएको छ । काँकरभिट्टा ताइक्वांडो डोजाङको आयोजनामा काँकरभिट्टा स्थित सामुदायिक भवनमा आयोजना हुने प्रतियोगितामा नेपाल तथा भारतका बिभिन्न क्षेत्रबाट २५० बढी खेलाडी सहभागि हुने भएका छन् । आयोजकले शुक्रबार काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा […]
पूरा पढ्नुहोस्मेचीनगर ४ मा अपाङ्गताको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र बितरण
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम नियमित सञ्चालन भइरहेको छ । पुस १ गतेदेखि सुरु भएको शिविर ४ गते वडानम्बर ४ मा पुग्यो । यस वडामा नयाँ तथ्यांक अनुसार १२४ जना अपाङ्गता भएका मानिसहरू रहेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । […]
पूरा पढ्नुहोस्प्रभावकारी बन्दै मेचीनगरमा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र […]
पूरा पढ्नुहोस्मोटरसाइकल दुर्घटनामा परी मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमारको मृत्यु
मेचीनगर । मेचीनगर – ५ राममन्दिर टोल निवासी सिंघक परिवारमा आइतबार साँझ ठूलो बज्रपात पर्याे । बुबाको मृत्यु भएको २० दिन नवित्दै कान्छो छोराको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि सिंघक परिवारमा पीडा माथि पीडा थपिएको छ । झापाको झिलझिलेमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो । पूर्वपश्चिम […]
पूरा पढ्नुहोस्मेचीनगर –५ स्थित माङ्हिम मन्दिरमा तीन दिने धार्मिक मेला सुरु
मेचीनगर । किराँत समुदायका महान चाड उधौली पर्व (चासोक तङ्नाम)को अवसरमा मेचीनगर –५ स्थित माङ्हिम मन्दिर परिसरमा आइतबारदेखि तीन दिने धार्मिक मेला सुरु भएको छ । पर्वको अवसरमा आइतबार बिहानैदेखि किराँत धर्मावलम्बीहरुले माङ्हिम मन्दिरमा पुगेर पूजा आरधना गरे । मेचीनगर नगरपालिकाका मेयर गोपादचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य एवम् माङ्हिम मन्दिर संरक्षण समितिका अध्यक्ष हेमबहादुर सावदेनको सभापतित्वमा […]
पूरा पढ्नुहोस्मेचीनगरमा अपाङ्गता परिचयपत्र भोलिबाट वितरण गरिने
मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर भोलि पुष १ गतेबाट सञ्चालन हुने भएको छ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर संचालन गर्न लागिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सक द्घारा स्वास्थ परिक्षण तथा आवश्यकता पहिचान तथा […]
पूरा पढ्नुहोस्मेचीनगर लेडी जेसीजको अध्यक्षमा पोखरेल
धुलाबारी, ३० मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सबिता पोखरेल सर्वसम्मत चयन भएकी छन् । मेचीनगर लेडी जेसीजको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले वर्ष २०२५ का लागि पोखरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरुमा कृष्णकुमारी प्रसाई (कल्पना,) खिना निरौला, नबिना डाँगी र […]
पूरा पढ्नुहोस्स्वअध्ययनको संस्कृतिलाई बढाउन आवश्यक छ : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले […]
पूरा पढ्नुहोस्पत्रकार महासङ्घ झापामा पुनः एकराज गिरी
झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् ।अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र […]
पूरा पढ्नुहोस्