पत्रकार सन्तोष आचार्य उज्यालो नेपालमा प्रवेश

2026-09-15 मा प्रकाशित

झापा, । झापा मेचीनगरका पत्रकार सन्तोस आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । राजनितिक, सामाजिक र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय काकरभिट्टा निवासी आचार्यलाई सोमबार  काठमाण्डौमा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् ।

निरन्तरको छलफल पछि उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने निर्णय गरेको आचार्यले बताए । राजनितिक जीवन वनलाई नयाँ ढंगबाट अगाडी बढाउने सोचका साथ उज्यालो नेपाल पार्टी रोजेको आचार्यले बताए । ‘समृद्ध देश निर्माण र सामाजिक रुपान्तरणको अभियानमा उज्यालो नेपालमार्फत लाग्नेछु,’ आचार्यले भने, सबैबाट सकारात्मक सहयोग र सल्लाहाको अपेक्षा गरेको छु ।’

दुई दशक भन्दा बढी पत्रकारितामा सक्रिय आचार्य प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य , पत्रकार महासंघ झापाका पूर्व सचिव तथा प्रेस क्लव मेचीनगरको संस्थापक अध्यक्ष समेत हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु