स्थानीय खबर
दुर्घटना न्यूनीकरणका लागि झापा नेशनलले बनायो इटाभट्टामा जेब्राक्रस
इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दैझापा नेशनल स्कुलले मेचीनगर –७ इटाभट्टामा जेब्राक्रस निर्माण गरेको छ । मेचीनगर –७ इटाभट्टा पूर्व झापा नेशनल स्कुल जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको हो । पूर्व पश्चिम राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको दक्षिण दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या […]
पूरा पढ्नुहोस्राष्ट्रिय युवा संघ मेचीनगरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टको सभाहलमा आयोजित प्रशिक्षण कार्याक्रमको उद्घाटन् नेकपा एमाले केन्द्रिय सल्लाकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईको गरेका थिए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि झापाका सचिवालय सदस्य तथा क्षेत्रिय संयोजक […]
पूरा पढ्नुहोस्अनेम संघले गर्यो काँकरभिट्टा बजारक्षेत्रको सरसफाई
धुलाबारी, ११ असोज । अखिल नेपाल महिला संघ मेचीनगरले फोहोरको वर्गीकरण गरी काँकरभिट्टाबाट विहीबार सरसफाई कार्यक्रम सुरु गरेको छ । “स्वाथ्य जीवन राष्ट्रको धन जनताको साथमा अनेम संघ, समद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ संगठन” नारासहित फोहोरलाई स्रोतमा पृथकीकरण गरौं भन्ने अभियान आजबाट सुभारम्भ भएको हो । अनेम संघकी मेचीनगर कमिटीकी […]
पूरा पढ्नुहोस्विश्व पर्यटन दिवसको अवसरमा काँकरभिट्टामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सरस्वतीका चिरञ्जीवी भए प्रथम
काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले ‘नेपालमा पर्यटनको सम्भावना र चुनौति’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । पर्यटन कार्यालय […]
पूरा पढ्नुहोस्मेचीनगर मेयरसहितको टोली बेलायात जाँदै
मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि झापाको मेचीनगरका मेयर र उपमेयरसहित ७ सदस्यीय टोली बेलायत प्रस्थान गर्ने भएका छ्न् । मेचीनगर र बेलायतस्थित फक्सटन टाउनलाई भगिनी सम्बन्ध कायम गर्न २९ सेक्टेम्बर २०२३ देखि सुरु हुने चार्टर सेरमनी कार्यक्रम सहभागी हुन जाने तयारी गरेको मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकार भेटघाटमा जानकारी दिए । बेलायतको फक्सटन […]
पूरा पढ्नुहोस्एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने
मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको […]
पूरा पढ्नुहोस्साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]
पूरा पढ्नुहोस्बालकल्याण माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र वालकल्याण माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा सोमबार सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता […]
पूरा पढ्नुहोस्गृहलक्ष्मी साकोसको एकाईगत साधारणसभा सम्पन्न
मेचीनगर । मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको १५ औं इकाईगत वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । धुलबरी स्थित प्रधान कार्यालयमा आयोजित साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए । इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । सहकारी संस्थाकी […]
पूरा पढ्नुहोस्सञ्चालनमा आयो बिर्तामोडको भाट-भटेनी
बिर्तामोड । नेपालकै ठूलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ […]
पूरा पढ्नुहोस्