मुख्य खबर

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

काठमाडौं, १३ चैत । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै […]

पूरा पढ्नुहोस्

पूर्वी नाकाबाट प्लाइउड निर्यातमा भारतको अवरोध, ३४ वटा ट्रक पानीटंकीमै रोकिए

झापा । नेपालमा उत्पादित प्लाइउडलाई भारतले दुई सातादेखि भारत निर्यातमा रोक लगाएपछि यतिखेर उद्योगी तथा ब्यवसायीहरु ठूलो मारमा परेका छन् । नेपालबाट प्लाइउड बोकेर भारतीय भूमिमा पुगेका ३४ वटा ट्रकलाई पानीटंकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताए । भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ […]

पूरा पढ्नुहोस्

मेचीनगर – ८ मा प्रथम मेचीनगर कप टि– १० क्रिकेट प्रतियोगिता आयोजना हुने

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट […]

पूरा पढ्नुहोस्

सद्गुरु मानव सेवा फाउण्डेसनद्वारा सविनको उपचारमा सहयोग प्रदान

मेचीनगर । गत मंगलबार विद्यालयमा चिप्लेटी खेल्दै गर्दा लडेर गम्भीर घाइते भएका मेचीनगर –२ संगम चोकका सविन नेपालको उपचारमा सहयोग जुटन् थालेको छ । मानविय सेवामा समर्पित सद्गुरु मानव सेवा फाउन्डेसनले आइतबार अस्पताल पुगेर विरामीको परिवारलाई नगद रु १० हजार एकसय रुपैयाँ सहयो प्रदान गर्याे । सहयोग प्रदान गर्न सद्गुरु मानव सेवा फाउन्डेसका अध्यक्ष मुकुन्द […]

पूरा पढ्नुहोस्

मालुममा सात दिवसीय प्राकृतिक चिकित्सा तथा स्वस्थ उपचार शिविर शुरु

इलाम । इलाम जिल्लाको सूयोदय नगरपालिका वाड न.– ८ स्थित मालुममा शनिबारदेखि सात दिवसीय प्राकृतिक चिकित्सा तथा स्वस्थ उपचार शिविर शुरु भएको छ । सदगुरु मानव सेवा फाउन्डेसन र राष्ट्रिय उधमशीलता विकास केन्द काठमाडौंको आयोजना र सूर्याेदय नगरपालिका वाड न ८ को समुन्वयमा सञ्चालित शिविरको उद्घाटन सोही वडाका वडासदस्य कमल गड्तौलाले गरेका थिए । प्रमुख […]

पूरा पढ्नुहोस्

‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ पत्रकार काजीलाई

झापा, ३ चैत । लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ । उपभोक्ता अधिकारका क्षेत्रमा लामो समयदेखि नेतृत्व गरिरहेका कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगर स्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोषसहित उक्त पुरस्कारको स्थापना गरेका हुन् । सहकारी संस्थाले आइतबार विराटनगरमा एक कार्यक्रम गरी उक्त पुरस्कार बारे […]

पूरा पढ्नुहोस्

झापामा वन डढेलो रोकथामका लागि सचेतना

चारआली, ३ चैत । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना तथा सव डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । ‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ,’ वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका […]

पूरा पढ्नुहोस्

कनकाईले जित्यो, महिला फुटबलको उपाधि

कनकाई । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ। कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काकरभिट्टा महिला फुटबल टिम र कनकाई महिला फुटबल टिम बीच भएको प्रतियोगितामा ३ —० गोलको अन्तरले कनकाईले […]

पूरा पढ्नुहोस्

मेचीनगर गोल्ड कप : आयोजक टिमलाई  हराउँदै उपाधि चर्च ब्वाइजको पोल्टामा

झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ। काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त […]

पूरा पढ्नुहोस्

पाँचौं चीनगर गोल्ड कप : लिगलिडर चर्च व्वाइज फाइनलमा

मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० […]

पूरा पढ्नुहोस्