हाम्रो नेपाल साकोसको १३ औं वार्षिकोत्सवमा सम्मान

2025-07-30 मा प्रकाशित

 बिर्तामोड ।  झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ ।
बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट अंक ल्याउने दुई जना छात्र÷ छात्राहरुलाई सम्मान गरेको छ ।


सहकारीले कार्यसम्पादनको आधारमा उत्कृष्ट घोषित भएको झापाको कामाटोली सेवा केन्द्रलाई नगद सहित सम्मान गर्याे । त्यसै गरी वर्ष उत्कृष्ट सेवाकेन्द्र प्रमुखमा सोही सेवाकेन्द्रका देवप्रसाद गणेश घोषित भए ।
सो अवसरमा वर्ष उत्कृष्ट कर्मचारी सम्मान खेम कुमारी थापा( इटाभट्टा) ले प्राप्त गरिन्, उत्कृष्ट लेखा साहायक यसोदा कार्की दानाबारी घोषित भइन्, त्यसैगरी वर्ष उत्कृष्ट ऋण साहायकको रुपमा दुर्गादेवी पोखरेल (खुजुनाबारी) सम्मानित भइन् ।


सहकारीले दीर्घ सेवा सम्मान (दश वर्ष वढी सेवामा कार्यरत  कर्मचारी  सम्मान) प्रेमप्रसाद ओली, धनकुमार राजवंशी, तेजीमाया विष्ट, अम्बिका धौराली, याम नारायण अधिकारी, बालकुमारी खतिवडा, अम्बिका सिवाकोटी, सिवन बुढाथोकी, खगेन्द्र कार्की लगायतलाई सम्मान गरेको छ ।
त्यसैगरी क्रमिक बचतमा लक्ष  पुरा गर्नु हुने १७ जना कर्मचारीहरु भक्ति कुमारी राजबंशी, जानुका वस्ती, पवित्रादेवी खतिवडा, कुमारी महत, सुस्मा देवकोटा, जानुका बजगाई, रिमा बुढाथोकी, देवीप्रसाद कडेँल, पवित्रा कुमारी गशेण, लक्ष्मी कुमारी राजवंशी, राधिका कार्की सुस्मा थापा, ज्वाला बुढाथोक, सञ्जीता घिमिरे, दुर्गा लिम्बू लगायतलाई सम्मान गरेको छ ।


संस्थाले एसईई २०८१ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका सन्तान मध्येबाट सागर राउत र सजना तामाङलाई समेत नगदसहित पुरस्कृत गरेको छ । सहकारीले सम्मानि सबैलाई नगद सहित सम्मान पत्र प्रदान गरेका थियो ।
सहकारीले सेवाकेन्द्र सञ्चालनलाई थप ब्यवस्थित गर्न तथा पारदर्शी र जनमुखी बनाउन प्रत्येक सेवाकेन्द्रमा ५ जना समिति चयन गरेको सहकारी संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालले जानकारी दिए ।
सहकारी संस्थाका अध्यक्ष भवानी दंगालको सभापतित्व रहेको कार्यक्रममा दमक उपसमितिका संयोजक यामबहादुर अधिकारी, केर्खा उपसमितिका संयोजक सरस्वती सेढाँई, देवकुमार राई, टेकप्रसाद भण्डारी लगायतले पछिल्लो समय सहकारीमा चुनौती थपिएको बताउँदै त्यसलाई चिरेर अधि बढ्नु पर्ने धारणा राखे । इलाममा मोरङ र झापामा जम्मा ३१ वटा सेवाकेन्द्रमा २५८ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको सहकारीले २ अर्ब, ३९ करोड ८५ लाख बढी कुल सम्पत्ति कमाउन सफल भएको तथा संस्थामा ३९ हजार ११० जना सदस्य आबद्ध रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्था ३७ जना सदस्यको १८ लाख सेयर पुँजीबाट सहकारी सुरु भएको थियो । उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमकोकार्यक्रमको सञ्चालन संस्थाको सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए । ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु