स्थानीय खबर
तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको […]
पूरा पढ्नुहोस्
झापा-१ का मतदाता भन्छन : गठबन्धनलाई जिताउन आतुर छौं
मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् । झापा क्षेत्र नम्बर १ […]
पूरा पढ्नुहोस्
हेल्दुबारीका स्थानीयले मागे स्वास्थ्य चौकी
मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही
काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]
पूरा पढ्नुहोस्
जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं
झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]
पूरा पढ्नुहोस्
उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?
मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]
पूरा पढ्नुहोस्
आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]
पूरा पढ्नुहोस्
जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : बजगाई
दुहागढी, २० कार्तिक । झापा १ प्रदेश (ख)की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् । आइतबार मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए । ‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता […]
पूरा पढ्नुहोस्
स्वतन्त्र उम्मेद्वार अधिकारी मतमाग्दै घरदैलोमा
झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् । अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् । स्वतन्त्र उम्मेद्वार […]
पूरा पढ्नुहोस्