स्थानीय खबर
रसायनिक मल, किटनाषक औषधिले माटो र मानिस रोगी भए : डा.रेग्मी
मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा।रेग्मीेले यस्तो कुरा बताएका हुन् । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले […]
पूरा पढ्नुहोस्
सडक अवलोकन गर्दै मन्त्री दाहालले भने, ‘आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौं ’
मेचीनगर, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै […]
पूरा पढ्नुहोस्
चारआलीमा ट्रकको ठक्करबाट एकको मृत्यु
बिर्तामोड । झापाको चारआलीमा आज बुधबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाए अनुसार दुर्घटनामा परी झापाको अर्जुनधारा – १० का ६८ वर्षीय टङ्कप्रसाद बरालको ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआली जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ […]
पूरा पढ्नुहोस्
कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई
कनकाई । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ । कनकाई नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी […]
पूरा पढ्नुहोस्
मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”
झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् । शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला […]
पूरा पढ्नुहोस्
इष्ट होराइजन स्कूलमा दिक्षान्त समारोह
धुलाबारी । इष्ट होराइजन अंग्रेजी माविमा भव्य रुपमा दिक्षान्त समारोह सम्पन्न भएको छ । अभिभावकहरुको उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दिक्षित गरिएको हो । विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झना स्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको उनी बताउँछन् । विद्यालयमा अध्ययनरत कक्षा […]
पूरा पढ्नुहोस्
रथखोला फुटबल एकेडेमीलाई हराउँदै बाहुण्डाँगी अन्तिम चारमा
बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । […]
पूरा पढ्नुहोस्
अभिभावकले भने–‘अटिजम भएका बच्चा पढाउने स्कुल चाहियो’
मेचीनगर, १६ बैशाख । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् । नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । अटिजम भएका बालकका अभिभावक मन्दिरा शिवाकोटीले मेचीनगरमा अटिजम भएका बालबालिका पढाउने विद्यालय नभएकाले बिर्तामोड […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा
मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित […]
पूरा पढ्नुहोस्
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
मेचीनगर, १५ बैशाख । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीहरुले नेपाली युवाहरु विदेश गएकाले काम गर्न भारतीय मजदुर ल्याउनु पर्ने बाध्यता रहेको बताएका छन् । श्रम तथा रोजगार कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको सहजीकरणमा सम्पन्न अधिकांश व्यवसायीहरुले राज्यको कानूनी झनझटका कारण पनि नेपाली युवाहरु नभएकाले भारतीय नागरिकहरुलाई मजदुरी काममा लगाउन बाध्य भएको बताएका […]
पूरा पढ्नुहोस्