दुवै मृगौला खराव भएकी रीताको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

2025-08-12 मा प्रकाशित

मेचीनगर । दुवै मृगौला खराव भएपछि मेचीनगर–७ स्थित मदन बस्तीकी ४० वर्षीय रीता राजबंशीको उपचारमा यतिखेर आर्थिक अभाव सिर्जना भएको छ ।
उपचारमा आर्थिक अभाव भएपछि राजबंशी परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।
विगत ८ महिनादेखि मृगौला रोगकै कारण थलिएकी रीताको परिवारले आफन्तजन र स्थानीयको सहयोगमा उपचार गराउँदै आएको भएपनि अवभने उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ । आर्थिक अभावकै कारण उनी यतिखेर बिर्तामोड स्थित बिएण्सी अस्पतालको बेडमा छट्पटाइरहेकी छिन् ।
रीताका ससुरा बुबा नरहरि राजबंशीका अनुसार शुक्रबार वुहारीलाई विरामले सारै च्यापेपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि ओमसाई पाथिभरा लगिएको र त्यहाँ पनि सम्भव नदेखिएपछि बिर्तामोड स्थित बीर्तासिटी र त्यसपछि आइतबार दिउँसोदेखि बीएण्डसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
सुरुमा सुगरको समस्या भएर औषधि सुरु गरेकी रीताको स्वास्थ्यमा एक पछि अर्काे समस्या बढ्दै गएको परिवारले जनाएको छ ।
पाँच वर्षदेखि सुगरको औषधि खाइरहेकी थिइन्, रीताका ससुरा बुबाले भकानिदै भने, ‘त्यसपछि एपेण्डीसाइट भयो त्यो सँगै मृगौला र मुटुको समस्या देखियो उपचारको लागि नेपालका बिभिन्न अस्पतार हुँदै भारतको बेङ्लोर सम्म पुर्यायौं हालसम्म ५ लाख बढी खर्च भइसक्यो तर बीसको उन्नाइस भएको छैन, बरु रोगले अरु चाप्दै लग्यो पैसा नभएर राम्रो उपचार हुन सकेन सबैले सहयोग गरेर बुहारीको जीवन बचाइ दिनु होला ।’
खर्च अभावमा श्रीमतीको राम्रो ठाउँमा लगेर उपचार गर्न नसकिएको उनका पति वीशेश्वर राजबंशीले बताए । श्रीमती राम्रो उपचार नपाएर जीवन–मरणको दोसाँधमा छिन्, उनले, ‘भने उपचारमा सहयोग गरेर जीवमन बचायइदिनु होला ।’
रीता र उनका पति दुवै जना मिस्त्री काम गर्थे । रीता विरामी परेपछि ८ महिनादेखि ओछ्यानमा नै थलिएकी थिइन् । उनका एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा कक्षा–१२ मा पढ्दै छन् ।
छिमेकी शान्ता मेचेले रीतालाई धेरै पहिलैदेखि सुगर, प्रेसर, मुटु लगायतका रोगले सताएको बताइन् । उनले गतवर्ष पनि एपेन्डिक्सको शैल्याक्रिया गरेकी थिइन् । रीताको उपचारमा सहयोग गर्न सबैलाई मेचेले अनुरोध गरेकी छन् ।
रीताको उपचारका लागि उनका ज्वाई लव राजबंशीको एनआइसी एशिया बैंकको खाता नं.०८५५७५२४७५२६९००१ वा क्युआरमा इस्क्यानमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु