स्थानीय खबर
पत्रकार घिमिरेलाई कुटेको आरोपमा मालपोतका कर्मचारी राजवंशी पक्राउ
मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेलाई कुटपिट गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौ, डिएसपी थापाले भने, […]
पूरा पढ्नुहोस्
झापामा बिहीबार ५९ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १८ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीबार जिल्लाका १४ वटा पालिकामा २८ महिला र ३१ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा […]
पूरा पढ्नुहोस्
हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजीका लागि राप्रपा झापाले मंसिर २० गते शक्ति प्रर्दशन गर्ने
मेचीनगर,१८ मंसिर ।राप्रपा झापाले हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजीका लागि मंसिर २० गते शनिबार झापामा शक्ति प्रर्दशन गर्ने भएको छ । राप्रपा झापाले मंसिर २० गते बृहत मोटरसाइकल र्याली मार्फत २० हजार मानिस एकै पटक सडकमा उतार्ने घोषणा गरेको छ । ¥यालीका बारेमा जानकारी दिने उद्देश्यले काकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय […]
पूरा पढ्नुहोस्
उपमेयर उप्रेती सवार गाडीमा आगजनिको प्रयास
मेचीनगर । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती सवार रहेको गाडीमा एक समूहले बिहीबार आगजनिको प्रयास गरेको छ । मेचीनगर नगरपालिकाका उपमेयर उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी अज्ञात समूहले जलाउने प्रयास गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी […]
पूरा पढ्नुहोस्
महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु
काँकरभिट्टा, १८ मंसिर ÷ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा झापाको मेचीनगर नगरपालिकामा विहीबारबाट महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम शुक्रबारसम्म चल्ने छ । नगरपालिकाका प्रमुख प्रशासकीय […]
पूरा पढ्नुहोस्
मेचीनगरका सार्वजनिक जग्गा व्यवस्थापनमा जोड
मेचीनगर, १८ मंसिर ÷ झापाको मेचीनगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको व्यवस्थापन गर्न राष्ट्रिय आवस कम्पनि सकरात्मक देखिएको छ । कम्पनिका महाप्रवन्धक नारायणप्रसाद वास्तोलासहितको बैठकले यस्ता जगामा देखिएका समस्याहरु तत्काल समाधनतर्फ लागन जोड दिएको हो । वैठकमा मेचीनगरक्षेत्रमा रहेका सार्वजनिक जग्गाको स्वामित्व मेचीनगर नगरपालिका र संस्थाहरुलाई हस्तान्तरण गर्ने र केही बसोबासक्षेत्रको वास्तविकताका आधारमा निर्णय गर्ने छलफल भएको […]
पूरा पढ्नुहोस्
बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बुधबार एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पाटी नेकपा र राप्रपा परित्याग गरी उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । पाटी सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच कमल राई, टेकवहादुर गजमेर, रञ्जित राई, भुपेन्द्र वस्नेत, गोविन्द अर्याल, सविता कार्की, निर्मला घिमिरे लगायत ५६ जना […]
पूरा पढ्नुहोस्
लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृया सम्पन्न
बिर्तामोड,१७ मंसिर । झापाको बिर्तामोडमा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयासम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजना रहेको कार्यक्रममा सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेकाथिए […]
पूरा पढ्नुहोस्