स्थानीय खबर

सताक्षी प्रेस क्लबको अध्यक्षमा केसी

दुधे । सताक्षी प्रेस क्लबको शनिबार सम्पन्न अधिवेशनबाट आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा सेलिङ केसी सर्वसम्त चयन भएका छन् केसी सतासी साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् । दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा सम्पन्न अधिबेशनले उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सह–सचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् […]

पूरा पढ्नुहोस्

गौहत्याकोआरोपमा झापामा चार जना पक्राउ

दमक । गौहत्या गरेको आरोपमा झापामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर […]

पूरा पढ्नुहोस्

बिभिन्न क्षेत्रका तीन प्रतिभालाई लाल–भागीरथा पुरस्कार

मेचीनगर । लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका […]

पूरा पढ्नुहोस्

झापाका नदी सुनसान, घरमै बनाएको कुण्डमा अस्ताउदो सूर्यलाई अघ्र्य दिए ब्रतालुले

बिर्तामोड ।हरेकबर्ष उल्लासकासाथ नदी किनारमा मनाउदै आएको छटपर्व यस बर्ष भने कोरोना भाइरसको त्रासका कारण झापाका अधिकाशं नदी सुनसान देखिएका छन् । छठ पर्व मनाउने अधिकांश व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घरआँगनमा कुण्ड […]

पूरा पढ्नुहोस्

नेकपालाई कुनै बिदेशीले फुटाउन सक्दैनः मन्त्री भट्टराई

बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । उनले भने ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता […]

पूरा पढ्नुहोस्

दुर्घटनामा बालकसहित दुईको घटनास्थलमै मृत्यु ,दुईजना सख्त घाइते

बिर्तामोड ,३ मंसिर । बिर्तामोडमा आज ट्रकको ठक्करबाट बालकसहित दुई जनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् ।बिहान ११।२५ बजेतिर पूर्वतर्फ जादै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ३१०२०४२उब ७९८२ नं को अनटेष्ट मोटरसाइकल एकापसमा जुध्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को […]

पूरा पढ्नुहोस्

झापामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मेचीनगर ३,मंसिर । बुधबार झापामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ८, भद्रपुरमा ९, अर्जुनधारामा २, कमल गाउँपालिकामा २, झापा गाउँपालिकामा १, शिवसताक्षीमा १, दमकमा ५ गौरादहमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी बुधबार झापामा कोरोना संक्रमणबाट कमल गाउँपालिका वडा नं ३ का २८ वर्षिय पूरुषको […]

पूरा पढ्नुहोस्

झापामा आज १४ संक्रमित थपिए

दमक,२ मंसीर । झापामा आज १४ जना संक्रमित थपिएका छन् । । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ पुरुष र २ महिलामा यस्तै गौरादहका ३ महिला र २ पुरुषमा र मेचीनगरका १ सहित झापामा आज १४ संक्रमित थपिएका हुन् । यस्तै आजनै अर्जुनधाराका ७० बर्षिय बृद्धको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ । झापामा अहिलेसम्म […]

पूरा पढ्नुहोस्

अव एनएमसीमा एटिएम सेवा

मेचीनगर ।कोरोना भाइरसको त्रास बढदै गएपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय कारोबार गर्न सहजताका लागि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सहकारी संस्थाले निक्षेप कारोबारका लागि पूर्वी नेपालमा पहिलो पटक एटिएम सेवा भित्राउन लागेको हो । एनएमसीका सदस्यहरुले २०७७ को मंसिर महिनाभित्रै एटिएम सेवा पाउने गरी द्रुत गतिमा काम भइरहेको बैंकिङ व्यवसाय समितिका […]

पूरा पढ्नुहोस्

गाविस पूर्व अध्यक्ष पौडेलको निधन

दमक,१ मंसीर । मोरङको साविक मधुमल्ला गाविसका पूर्व अध्यक्ष काशीनाथ पौडेलको निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा आज दिउँसो काठमाडौको शिक्षण अस्पतालमा निधन भएको हो । पारिवार स्रोतका अनुसार जण्डिसका विरामी पौडेललाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौ लगिएको थियोे । पछिल्ला समय […]

पूरा पढ्नुहोस्