स्थानीय खबर

पूर्वाञ्चल दैनिक २६ वर्षमा प्रवेश

बिर्तामोड,१ मंसिर ।श्री अन्तु प्रकाशन प्रा।लि।द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल […]

पूरा पढ्नुहोस्

किरात सिरीजङ्गा लिपिको सामाग्री अव पूर्वाञ्चल दैनिकमा प्रकाशित हुने

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकले अव किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गर्ने भएको छ । किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गर्ने शुक्रबार सम्झौता भएसंगै उक्त सामग्री प्रकाशन गरिने भएको हो । बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्यालयमा शुक्रबार पूर्वाञ्चल दैनिक को तर्फबाट प्रधानसम्पादक […]

पूरा पढ्नुहोस्

लगनशील कृषि सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न

दमक । कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष लालबहादुर विष्टको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन […]

पूरा पढ्नुहोस्

झापामा थप ६३ मा कोरोना

मेचीनगर ,२८ कात्तिक । झापा जिल्लामा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारीमा आज १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको छ । कचनकवलमा १४, दमक र बिर्तामोडमा १३, १३ जना, गौरादह, मेचीनगरमा ५,५ जना, कमल गाउँपालि र अर्जुनधारामा ३,३ जना […]

पूरा पढ्नुहोस्

प्रहरीद्धारा २० लाख बढीको पटाका नष्ट

मेचीनगर,२७कात्तिक । प्रहरीले झापा जिल्लको बिभिन्न ठाउँबाट पक्राउ गरेको करिब २० लाख बढीको बारुदजन्य पटाका आज प्रहरी कार्यालय झापाले नष्ट गरेको छ। करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो । । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमितलाई आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने मेचीनगरको निर्णय

इटाभट्टा,२६ कार्तिक ।मेचीनगर नगरपालिकाले आफ्ना नागरिकका लागि आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्यपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमणका बेला अक्सिजनको कमीका कारण गभ्भिर समस्या आउने भएकाले आम नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आपतकालिन अवस्थामा भएका बिरामीहरुका लागि अक्सिजन उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी दिनु भयो । […]

पूरा पढ्नुहोस्

झापामा आज ८५ जना कोरोना संक्रमित थपिए

मेचीनगर २६ कार्तिक । झापामा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । जिल्लामा आज ८५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् । दमकको ४ नम्बर वडा बाहेक सबै वार्डका १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार […]

पूरा पढ्नुहोस्

प्रतिबन्धित लागु पदार्थसहित ५जना पक्राउ

झापा,२६ कार्तिक। प्रहरीले झापामा प्रतिबन्धित लागु पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । बिर्तामोड(२ बाट ४ जना र एकजना कचनकवलबाट पक्राउ परेका हुन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चार जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड(२ का २५ वर्षिय मोहनकुमार ओली, बर्ष २४ का दयालाल राजबंशी, बर्ष ३१ का […]

पूरा पढ्नुहोस्

सिम्रिकसाकोसले दियो प्रहरीलाई मास्क र सेनीटाइजर

विर्तामोड,२६ कातिक । विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् प्रहरीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , विभागीय प्रमुख प्रेम बस्नेत विजयलगायतको टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा सेफ हाउस सञ्चालन

मेचीनगर,२५ कात्तिक । चेलीबेटी बेचबिखन बिरुद्ध सचेतना र सिमा निगरानीको काम गर्दै आएको संस्था बिश्वसेवा बिस्तारले काँकरभिट्टामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । संस्थाले मंगलबार एक कार्यक्रमकाबीच सेफ हाउस शुभारभ्भ गरेको हो । सेफ हाउसमा एक पटकमा करीब २० जना चेलीहरु राख्न सकिने आयोजकले जनाएको छ । चेलीबेटी बेचबिखनको मुख्य नाका मध्ये काकरभिट्टा नाका पनि […]

पूरा पढ्नुहोस्