स्थानीय खबर

पत्रकारको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई प्रेस क्लवको आग्रह

मेचीनगर । मेचीनगर प्रेस क्लवले खोज पत्रकार खगेन्द्र घिमिरे र राजु पौडेलमाथि भएको हमलाको निन्दा गर्दै पत्रकारहरुको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई आग्रह गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले संयुक्त विज्ञप्ति जारी गर्दै क्वलका सदस्य समेत रहेका पत्रकार घिमिरेमाथि निन्दनीय हमलामा संलग्न कार्यालयका कर्मचारीलाई कार्वाही गर्न जोडदार माग गरेका छन् । […]

पूरा पढ्नुहोस्

बालकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बाकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक परेको छ । मेचीनगर ८ दुर्गामन्दिर टोल निवासी ७६ बर्षिय उनका बुबा मानबहादुर माझीको सोमबार बिहान ६ बजे निधन भएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल माझिका ४ छोरा शन्तलाल माझी , सन्तकुमार माझी ,बिष्णु माझी, प्रभुकुमार माझी, छोरीहरु सकुन्तला माझी र दुर्गा […]

पूरा पढ्नुहोस्

झापामा आज ५९ जनामा कोरोना संक्रमण ३ को मृत्यु

मेचीनगर, १६ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा २३ महिला र ३६ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा […]

पूरा पढ्नुहोस्

लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात ,निर्यात शुन्य

लक्ष्मी उप्रेती काँकरभिट्टा, १६ मंसिर ÷ नोवल कोरोना भाइरस कोभिड १९ को महामारीपछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन […]

पूरा पढ्नुहोस्

झापामा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा सोमबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाको फोेकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ६, दमकमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा ३, अर्जुनधारामा २, शिवसताक्षीमा ४, झापा गाउँपालिकामा २, गौरादहमा २ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा १५ शैयाको आधारभूत असपताल शिलान्यास

काँकरभिट्टा, १६ मंसिर ÷ झापाको मेचीनगर —१० स्थित धुलावारीमा १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा अस्पतालको शिलान्यास गर्नुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने […]

पूरा पढ्नुहोस्

जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला

झापा । कनकाई नगरपालिका स्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ख्याम सिटौला निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरेका छन् भने सिटौलाका प्रत्यासी प्रगतिशील विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरे सिटौलाले रानामगरलाई ५३ मतको अन्तरले पराजित गरेका छन् […]

पूरा पढ्नुहोस्

एनएमसीको चिया किसानभेला सम्पन्न

मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो । एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

नाका खुलाउन माग गदैं सडकमा उत्रिए मेचीनगरका व्यवसायीहरु , विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष

काँकरभिट्टा, १३ मंसिर ÷ पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा मेचीनगरका व्यवसायीहरुल प्रदर्शन गरेका छन् । काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका […]

पूरा पढ्नुहोस्

मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत , कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

काँकरभिट्टा, १३ मंसिर ÷ कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा […]

पूरा पढ्नुहोस्