जनप्रिय साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

2021-01-14 मा प्रकाशित

धुलाबारी÷ मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए ।सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष चुडामणि बराल, पूर्व डिएसपी प्रेम लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।सो कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष विष्णुकुमार लावतीले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्ली खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु