एनएमसीमा एटीएमसेवा सञ्चालन

2021-01-14 मा प्रकाशित

मेचीनगर, १ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले एटीएमसेवा सञ्चालनमा ल्याएको छ ।सहकारीले आज एक पत्रकार सम्मेलन आयोजना गरेर एटीएमको उद्घाटन् गराएको हो । एटीएम सेवाको उद्घाटन् मेचीनगरका प्रमुख बिमल आचार्यको गरेका थिए ।

काउन्टरको भीडभाड कम गर्न र सदस्यलाई नयाँ प्रविधियुक्त बैङ्किङ सुविधा पुर्याउन संस्थाले सेवा सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।एटीएम सेवा र संस्थाको प्रगतिका बारेमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पत्रकारहरुलाई जानकारी गराएका छन् ।

बैङ्किङ व्यवसायको प्रशासन प्रमख मनिष कोइरालाले एससीटी र युपीआई नेटवर्कमा समेटिएको एटीएम प्रयोग गरिएको जानकारी दिए ।सो अवसरमा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना सो अवसरमा मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना व्यक्त गरेका थिए ।काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले जिल्लास्थित ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर गत सातादेखि सेवा सुरु गरेको थियो।कार्यक्रममा सहकारीका बैङ्किङ व्यवसाय समिति सदस्य राजु उप्रेतीले स्वागत मन्तब्व ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु