स्थानीय खबर

काँकरभिट्टामा महिला प्रहरी अधिकृत पराजुलीलाई सम्मान

काँकरभिट्टा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सम्पन्न भएको छ । अभियान समापनका अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रकी शाखा प्रमुख समेत रहेकी प्रहरी सहायक निरीक्षक पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

विर्तामोड, २५ मंसिर । नारी सञ्चार गृह झापाको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता शिक्षा’ सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । विर्तामोड नगरपालिका–५को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सदस्य तथा अधिवक्ता देवी निरौलाले प्रशिक्षण दिएकी थिइन् । देवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभ्य समाज निर्माणमा […]

पूरा पढ्नुहोस्

वृद्धाको बलात्कारपछि हत्या

मेचीनगर ।झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । पूर्ब पश्चिम राजमार्गको पाउँपाथीभरा मन्दिर अगाडि कल्भर्टमुनि अर्जुनधारा नगरपालिका ११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको बलात्कारपछि हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित

लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]

पूरा पढ्नुहोस्

१२ वर्षीया बालिकामाथि करणीको प्रयास

कुन्जिबारी । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक ९असई० ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट ९बीओपी० अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ । […]

पूरा पढ्नुहोस्

कांग्रेसले २९ गते देशब्यापी विरोध प्रदर्शन गर्ने , झापामा तयारी तीब्र

झापा, २४ मंसिर । पछिल्लो समय सरकार अलोकप्रिय बन्दै जानथालेको छ जसका कारण सरकारको विरोधमा देशव्यापी प्रदर्शन सुरु भएका छन् । नागरिक समाजदेखि बिभिन्न दल सरकारको काम प्रभावकारी नभएको भन्दै सडक आन्दोलनमा होमिन थालेका छन् । नेपाली कांग्रेसले समेत सरकार निरन्कुस्ता तर्फ उन्मुख भएको भन्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको तयारी तीब्र पारेको […]

पूरा पढ्नुहोस्

अर्जुनधारामा वडाकार्यालय भवन शिलान्यास

झापा । अर्जुनधारा ९ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ । दाताबाट जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि शिलान्यास गरिएको हो । वडा कार्यालय भवनको नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर शिलान्यास गरिएको भवन ६ कोठाको हुनेछ । […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृह जिल्लामा समेत गर्जियो राजसंस्था पुनःस्थापनाको माग, नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी गरेरै छाड्ने राप्रपाका नेताहरुको भनाई

लक्ष्मी उप्रेती काँकरभिट्टा, २० मंसिर ÷ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा ०६२÷ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो । हेरौ यो रिपोट राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः […]

पूरा पढ्नुहोस्

राप्रपाले झापामा आज शक्ति प्रदर्शन गर्ने , हस्तक्षेप भए पछि नहट्ने चेतावनी

मेचीनगर,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शनिवार झापामा मोटरसाइकल र्यालीको नाममा शक्ति प्रदर्शन गर्दैछ । दश हजार मोटरसाइकल, ३०० साना गाडी र ५० वटा बसको लस्कर काँकरभिट्टादेखि विर्तामोडसम्म राजमार्गमा उतार्ने तयारीगरेको छ । राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टले र्याली अभूतपूर्व हुने र यसबाट संबैधानिक राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा सन्देश जो दावी गरेका छन् ।‘हामी संघीयता […]

पूरा पढ्नुहोस्

मेचीनगरमा महिला हिंसा विरुद्धको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीनगर,१९ मंसिर । लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित मेचीनगरपालिकामा बिहीबारबाट सुरु भएको महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका महिला विकास शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनु भएको थियो । उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको […]

पूरा पढ्नुहोस्