समाजसेवी भीखमचन्द द्वारा विपन्नलाई जाडोमा न्यानोकपडा वितरण

2021-01-25 मा प्रकाशित

झापा,१२ माघ । विराटनगर निवासी समाजसेवी भीखमचन्द सरलले झापा गौरीगञ्ज –२ स्थित हेमना डाँगीका विपन्न परिवारलाई राहात वितरण गरेका छन् ।
जनकल्याण प्रतिष्ठान नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका सरलले सो क्षेत्रका विपन्न १९ घर परिवारलाई कम्मल र ५० जनालाई जाडोमा न्यानो कपडा सुईटर प्रदान गरेका थिए ।


स्थानीय एतवार टुडुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय ४४ जना सन्थाल विद्यार्थीहरुलाई कापी , प्यान्सिल , ज्याकेट र टोपी समेत प्रदान गरेका थिए । सहभागि विद्यार्थीहरुलाई खाजासमेत खुवाईएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीखमचन्दले बालबालिकाहरुलाई संस्कार मुलक शिक्षा प्रदान गर्नै उदेश्यले बालशिक्षा केन्द्रको समेत उद्घाटन गरेका थिए । सो केन्द्रमा सन्थाल समुदायका ४४ जना बालबालिकाले संस्कारमुलक शिक्षा लिने भएका छन् भने उनिहरुलाई स्थानीय सुनिता हेमरमले पढाउने जनजाति स्वाभिमान जागरण योजना प्रमुख अम्मर सुब्बाले जानकारी दिनुभयो ।

कार्यक्रममा एकल अभियानका सुनसरी जिल्ला अध्यक्ष विनोद अग्रवाल ,मोरङका कोषाध्यक्ष देवेन्द्र सोठिया , मारवाडी महिलामञ्च सचिव रामबाबा मरण्डी , हरिकथाका नेपाल प्रभारी तिलक कौशिक , प्रदेश उपाध्यक्ष सोमनाथ सुवेदी , जनजाति स्वाभिमान जागरण योजना प्रमुख अम्मर सुब्बा, हरिकथा योजनाका लिला खनाल , तत्कालिन महाभारा गाउँ विकास समितिका पूर्व अध्यक्ष विजय अग्रवाल , प्रदेश प्रमुख खोम खनाल , झापा जिल्ला प्रमुख योगमाया , जनजाति कल्याण छात्रावासका चन्दुलाल , पूर्व संञ्चप्रमुख कन्दना किस्कु, लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अम्मर सुब्बाले गरेका थिए । नेपालमा २०५३ सालदेखि जनकल्याण प्रतिष्ठान द्वारा सञ्चालित एकल विद्यालयले देशभर संस्कार मुलक शिक्षा प्रदान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु