बिर्तामोड स्थित डोमालाल रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
2021-01-26 मा प्रकाशित

झापा, १३ माघ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् ।२०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् ।नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी दिए । महान्यायाधिवक्ता खरेलको पहलमा उक्त गुठी विमलीले फिर्ता गरेका थिए ।माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा विमलीले दिएको निवेदनमा भनिएको छ, ‘बादी टीकादेवी विमली र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं भएको मुद्धामा सम्मानित सर्वोच्च अदालतले २०६६ फागुन ९ मा भएको फैसला अनुसार जिल्ला झापा अनारमनी गाविस वडा नम्वर ५ कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ कित्ता जग्गाहरु जग्गाधनी अनारमनी दुर्गा स्थान राजगुठीका नाउँमा रहेको जग्गामा मोही टीकादेवी विमली कायम गर्ने भनी भएको फैसला बंमोजिम दाखिल दर्ता भै मोही कायम हुन आउने माथि उल्लेखित जग्गाहरुको हकमा म निवेदक केशवप्रसाद विमलीले दर्ता नम्वर २५३९३ मिति २०६७ जेठ २ मा माग निवेदनमा म निवेदकको आमा टीकादेवी विमलीको मिति २०६२ बैशाख २५ मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेश गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्वरको जग्गा क्रमशः १ विगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न समहत भएको छु ।’निवेदक विमलीले आमाको आफु एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी दिनु हुन उल्लेख गरेका छन् ।विमलीको निवेदनपछि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ ।गुठीका नाममा रहेको जग्गा फिर्ता ल्याएको प्रसंगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले भने, ‘राज्यको सम्पत्ति व्यक्तिको नाममा भएको थियो । त्यसलाई राज्यकै मातहत ल्याउन आवश्यक थियो । स्थानीय बासिन्दाको सहयोगमा यो काम सम्पन्न भएको हो ।’ उनले बाँकी १५ कठ्ठा जग्गा पनि फिर्ता ल्याउन पहल गर्ने दावी गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु