धुलाबारीमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

2021-01-23 मा प्रकाशित

मेचीनगर,१० माघ । प्रतिनिधिसभा विघटनको घोषणा खारेजीको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहको मेचीनगर कमिटीले धुलावारीमा विरोध र्याली र सभा सम्पन्न गरेको छ । र्याली पछि आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी गरेपछि अहिलेको अवस्था सृर्जना भएको बताए ।प्रधानमन्त्री ओलीले सुन्योजित तरिकाले पार्टी फुटाउने प्रयास गरेको उनको आरोप छ ।

नेकपा प्रचण्ड–नेपाल पक्ष मेचीनगरले झापाको मेचीनगर–१० स्थित धुलाबारीको पासाङ ल्हामु भवनमा आयोजना गरेको मेचीनगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता पाण्डेले केपी ओली नेतृत्व असक्षम गैर जिम्मेवार भएको भन्दै यसको विलय छिटो हुने बताए ।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राम कार्की ९पार्थ० ले ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा नहुने बताउँदै यसको रक्षाका लागि निरन्तर लागि पर्न सबैलाई आग्रह गरे । ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनको पराजित निश्तिच रहेको पनि कार्कीले बताए ।सो अवसरमा झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको बताए ।बिरोध सभामा नेकपा जिल्ला कमिटि सचिवालय सदस्य तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्दा श्रेष्ठ, अनेरास्ववियू झापा जिल्ला सहसंयोजक दुर्गा धमलालगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्ले, जिल्ला कमिटि सदस्यहरु अर्जुन पौडेल, सन्तोष आचार्य, शंकर थापा, लालबहादुर थामी, संविधान सभा सदस्य चन्द्रलाल मेचे, अनेरास्ववियू झापा संयोजक अनिल सुवेदीलगायको आतिथ्यता रहेको थियो ।१ नं। प्रदेश कमिटि सदस्य तथा क्षेत्रिय ईन्चार्ज श्याम बिर लिम्बुको सभापतित्वमा आयोजित बिरोध सभामा स्वागत राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटि सदस्य राजु धिमाल र सञ्चालन नेकपा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु