आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा मतदान स्थलहरु तोकियो

2021-01-22 मा प्रकाशित

भद्रपुर, ९ माघ । जिल्ला प्रशासन कार्यलय झापाको सभाहलमा शुक्रबार सम्पन्न बैठकले आगामी बैशाखमा सम्पन्न गर्ने निर्वाचनको मतदान स्थलको बारेमा निर्णय गरेको छ ।झापा जिल्ला स्तरीय मतदान स्थल सिफारिस समितिको दोस्रो बैठकले उक्त मतदान स्थलका बारेमा निर्णयगरेको हो ।२०७४ सालको निर्वाचन पश्चात देखिएका जटिल मतदान स्थलहरुलाई शंसोधन गर्दै विभिन्न निर्णहरुसमेत गरेको छ । ।झापाको बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारीमा रहेको संयुक्त वडा कार्यलयलाई गौरीशंकर मावि कायम गर्ने र सोहि वडाको विरिङ नदी पश्चिम तर्फका मतदाताका लागि पशुपति आधारभुत विद्यालयलाई मतदान स्थल कायम गर्ने निर्णय गरिएको छ ।यसैगरी शिवसताक्षी नगरपालिका–१० को ट्याक्क्रा मतदान स्थललाई सोहि स्थानमा रहेको दिपेन्द्र आधारभुत विद्यालयलाई कायम गर्ने र कमल गाँउपालिका–५ सिम्लेका मतदातालाई छुट्टै मतदान स्थल तय गरिने भएको छ ।अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडाका मतदाताका लागि लक्ष्मी आधारभुत विद्यालय, मेचीनगर नगरपालिका–१० को पुरानो मतदान स्थल कृषि विकास बैकको सट्टा सोहि स्थानमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय गरिएको मतदान स्थल सिफारिस समितिले जनाएको छ ।
अन्य मतदान स्थललाई यथावतै राख्ने सर्वसम्मत निर्णय गरिएको छ । साथै यहि माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्ने समेत बैठकले निर्यण गरेको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण जिल्ला निर्वाचन कार्यलय झापाका कार्यलय प्रमुख तुलसीकुमार नेपालले गरेका थिए ।बैठकमा सरोकारवाला सम्बन्धित गाँउपालिका तथा नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतितनिधिहरु लगायत झापाका तीन वटै सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।२०७४ सालको निर्वाचनमा झापामा २ सय ८३ वटा मतदान स्थल र ६ सय ९२ वटा मतदान केन्द्र राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु