स्थानीय खबर
काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित
मेचीनगर, । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुभएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सन्तोष आचार्यलाई १८३ मतले पछि पार्दै बुढाथोकी निर्वाचित भएको नर्विाचन समतिकिा संयोजक राजु कार्कीले जानकारी दिए । बुढाथोकीले १९९१ मत प्राप्त गर्दा आचार्यले १८०८ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन सम्पन्न, मतगणना भोलि
मेचीनगर, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न भएको छ । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सम्पन्न भएको हो । निर्वाचनमा ५ हजार २० मत खसेको छ । निर्वाचनमा ७४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । कूल ६ हजार ७७४ मतदाता रहेको खानेपानी संस्थामा ५ […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलद्वारा आयोजित समर क्याम्प सम्पन्न
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले आयोजना गरेको दिवसीय समर क्याम्प शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालयले २३ गते देखि ‘समर क्याम्प’ आयोजना गरेको थियो । समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका शिक्षक […]
पूरा पढ्नुहोस्
अनुभव बटुलेका : आचार्य
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य अनुभवी र सक्रिय व्यक्तिको रुपमा परिरचित छन् । २०३३ साल फागुन १० गते उनको जन्म भएको हो । आमा रेवतीकुमारी र बुवा पदमकुमार आचार्यको कोखबाट जन्मिएका सन्तोषले काँकरभिट्टालाई नै कर्मथलो बनाएका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर […]
पूरा पढ्नुहोस्
समाजसेवामा निरन्तर रोहित
मेचीनगर, । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा पनि यतिबेला नेतृत्वमा कसलाई चुन्ने भन्ने विषयमा छलफल भइरहेको पाइन्छ । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले संस्थाको नेतृत्व सम्हाल्न […]
पूरा पढ्नुहोस्
को हुन् सुदर्शन खड्का (माइला) ?
सुदर्शन खड्का (माइला) खानेपानी संस्थाको नेतृत्व गर्न सक्ने एउटा कुशल पात्र हुन् । २०३३ साल चैत ७ गते जन्मिएका उनी काँकरभिट्टाका स्थायीबासी हुन् । बुवा इन्द्रबहादुर खड्का र आमा लिलाकुमारी खड्काको कोखबाट उनको जन्म भएको हो । सानैदेखि खेलकुदमा रुचि राख्ने उनी कक्षा १ देखि नै काँकरभिट्टा माविमा अध्ययन गर्ने मेहनती विद्यार्थीका रुपमा चिनिन्छन् । […]
पूरा पढ्नुहोस्
तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु : बुढाथोकी
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी । तपाईं लोकतान्त्रिक प्रगतीशिल साझा प्यानलबाट खानेपानीको निर्वाचनमा होमिनु भएको छ । […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ । केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने […]
पूरा पढ्नुहोस्
सेन्टपल्स एकाडेमीमा पुराना सामाग्री प्रदर्शनी
चारआली, २३ जेठ । मेचीनगर–१३ स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ । […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादित सुपारीको बिक्री वितरण सहज बनाउन संघद्वारा सरकारको ध्यानाकर्षण
मेचीनगर । सरकारले सुपारीलाई हिरोइन, चरेस तथा गाँजा जस्तो गरेर निगरानी र नियन्त्रण गर्ने गरेको भन्दै सुपारी उत्पादक किसान संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । सुपारी उत्पादक किसान संघले मंगलबार विज्ञप्ती जारी गर्दै वार्षिक ९ अर्ब भन्दा बढीको कारोबार हुने सुपारी खेतीका बारेमा सरकारले सहजीकरण गरि दिएर ओसार पसार बन्द व्यापार गर्न उचित व्यवस्था […]
पूरा पढ्नुहोस्