मेचीनगर । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ ।
नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ ।
प्रहरीले विहीबार नियन्त्रणमा लिएका मध्ये १ जना र आज विहान नियन्त्रणमा लिएका मध्ये १ जनालाई पक्राउ गरेर राखेको छ ।
पक्राउ पर्ने २ जना मृतकका आफ्ना नातेदार रहेको बुझिएको छ । श्रोतका अनुसार नातेदारवीच पुरोनो इगोका कारण हत्या भएको आशंका श्रोतको छ ।
प्रहरीले हिजो घटनास्थलबाट रड भेटेको थियो । आज सोहि ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको श्रोतको दावी छ । सो सिक्कल मृतकका नातेदारको भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले किसानको हत्या आरोपीको नजिक पुग्न सफल भएको जानकारी दिए ।
उनले लगभग भोलि ९शनिबार० सम्ममा किसानको हत्या आरोपीलाई सार्वजनिक गर्ने बताए ।
किसानको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशिल र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।
वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
किसानको घाँटी काटिएको र टाउकोमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घरेलु हतियारको प्रहारबाट शरिरमा चोटपटक लागेको अवस्थामा शव भेटिएपछि तत्काल स्थानीय ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीले आज फेरि १० जनालाई नियन्त्रणमा लिएको थियो ।
मृतक किसान गाई गोरु किनबेच पेसा गरेर परिवार पालिरहेका थिए ।
प्रतिकृया दिनुहोस्