2020-08-15 मा प्रकाशित
झापा। एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो ।
बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् ।
बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले पनि यहाँ स्वाव दिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । ट्रेसिङका क्रममा उनलाई समेत परीक्षण गर्नुपर्ने देखिएकाले स्वाब लिइएको थियो ।
बिर्तामोडमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि नभएको एनआइसीले स्पष्ट पारेको छ ।
यसअघि विर्तामोडकै एमएमबी बैंकको शाखामा कार्यरत कर्मचारीमा समेत कोभिड संक्रमण भएको थियो ।
प्रतिकृया दिनुहोस्