धुलाबारी महोत्सवमा भोलि प्रिति आलेको बेजोड प्रस्तुति रहने

2023-11-05 मा प्रकाशित

धुलाबारी, १९ कात्तिक । मेचीनगरको धुलाबारीमा जारी धुलाबारी महोत्सवमा भोलि चर्चित गायिका प्रिति आले आउने भएकी छिन् ।

रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ ।

उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । युवा पुस्तामाझ चर्चित रहेकी गायिका आलेको व्याटल गीत चर्चामा रहेको छ ।

त्यस्तै उनका अन्य चर्चित गीतहरु फरिया लरीलै बरिलै, आलु जस्तो केटी, भाइ चाहियो, पोखरा घुम्नलाई मन छ, खरी झार्यो की, कालो चश्मा लाउने हो, नाच्ने हो, पिरतीका कुरा रातै भरी गरियो मख्खै परियो लगायत आधा दर्जन गीतहरु गाउने भएको रिदम नेपालका अध्यक्ष रुद्र रोक्काले जानकारी दिए ।

महोत्सव आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । यहि १७ र १८ गते कलाकार अर्नव वन र द्रव्य व्याण्डको सांगतिक प्रस्तुति रहेको थियो । आयोजक फेरिए पनि महोत्सव जारी रहेको छ ।

यसअघि मेची चेम्बर अफ कमर्सले गत असोज २६ गतेदेखि कात्तिक १६ गतेसम्म सो महोत्सव सञ्चालन गरेको थियो ।

धुलाबारी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिले दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ ।

यसअघि मेची चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक शिव परियार, प्रमोद खरेल, माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

त्यस्तै चर्चित र्यापर लाहुरे र मन्त्र व्याण्डको पनि प्रस्तुति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु