2020-08-23 मा प्रकाशित
झापा ७ भदौ । कोभिड–१९ को संक्रमणबाट आइतबार झापाको दमकका एक पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापा दमकका ५८ वर्षीय पुरुष रहेका छन् ।
दमक नगरपालिका–१ का उनी केहिदिन अघि पित्तथैलीमा समस्या आएपछि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए । उनलाई त्यहि कोरोना भाइरसको संक्रमण भएको श्रोतले जनाएको छ ।
संक्रमित उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो । काठमाडौँको एक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको दमक नगरपालिकाले जनाएको छ ।
झापामा कोरोना भाइरसकै कारण मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्