गौरादहमा २२भदौसम्म लकडाउन

2020-08-24 मा प्रकाशित

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ।

नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताए।

गौरादहमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ। कोरोना संक्रमण देखिएका नेपाल विद्युत प्राधिकरण गौरादह शाखाका कर्मचारी मिटर रिडिङमा बस्तीबस्ती पुगेका थिए। उनी बस्तीबस्ती पुगेपछि संक्रमण समुदाय स्तरमा फैलिएको अनुमान गरिएको हो ।

गौरादह नगरपालिका ५ स्कुलचौनमा रहेको क्वारेन्टिन र इलामबाट गौरादह आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितको सम्पर्कमा रहेका एकसय जनाको रिपोर्ट नआउँदै प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न ग्राहकको घरघर पुगेका थिए। उनी कन्ट्र्याक ट्रेसिङमा परेका व्यक्ति हुन्।

संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार स्वाब दिए पश्चात् नतिजा नआउञ्जेल अन्य व्यक्तिको सम्पर्कबाट टाढै रहनु पर्ने नियमलाई ति व्यक्तिले बेवस्था गर्दा लकडाउन गर्नु परेको प्रमुख साहले बताए। साझामञ्चबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु