क्रमागत बजेट रोकिएकाले पुल निर्माण कार्य अधिबढ्न सकेन, अव चाँडै सुरु हुन्छ: वडाध्यक्ष भट्टराई

2024-01-31 मा प्रकाशित

मेचीनगर । मेचीनगर १५का वडाध्यक्ष गुणराज भट्टराईले आफनो वडामा अन्य वडाको तुलनमा निक्कै विकट वडा भएपनि क्रमश विकासको चरणमा अघि बढेको बताएका छन् । मेचीनगर – १५ लाई जोड्ने गोकुल मार्ग र सहिद मार्ग छन् जसको स्तर उन्नती र विकाले गति लिएको छ ।
मेची पारी ३ वटा गाउँ छ, यसले देशमै छुट्टै पहिचान स्थापित गरेको छ । उनले आफ्नो वडामा बिभिन्न जातजाति धर्म र समुदायका मानिसको बसोबास रहेकोले यसको छुट्टै अस्तित्व र सुन्दरता रहेको बताए ।
आफ्नो वडाको विकास निर्माणलगायतका विषमा जानकारी दिने उद्देश्यले बुधबार वडा कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेर निर्माणाधिन अवस्थाको झोलुङ्गे .पुल, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा भएका गतिविधिका बारेमा जानकारी गराएको छ । हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माणाधिन झोलुङ्गे पुल निर्माण कार्य रोकिएपछि केही दिन अघि स्थानीय युवाहरुले मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र संघीय सांसद विश्वप्रकास शर्मा हराएको भन्ने समाचार प्रकाशित भएको विषयमा समेत वडाको ध्यानकर्षण भएको वडाध्यक्ष भट्टराईले बताए ।
पुल निर्माणको सन्दर्भमा वडाध्यक्ष भट्टराईले भने, ‘झोलुगे पुल हाम्रो क्षेत्रको महत्वपूर्ण योजना हो, बहुवर्षे योजना सहित सुरु भएको पुल बजेट अभावमा गत असारदेखि रोकिएको छ । केही कहिना भित्र यसको निर्माण कार्य सुरु हुनेमा हामी आशावादी छौं ।’
झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्मा र क्षेत्र १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद गोपाल तामाङले उक्त पुलको शिलान्यास गरेका थिए ।
तर, उक्त पुल निर्माण कै चरणमा एकाएक रोकिएपछि युवाहरुले ‘सांसद हराएको सूचना’ ‘कहिले बन्छ पुल’ लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
युवाहरुले त्यसबेला ‘सांसद हराएको सूचना’ नै लेखेर विरोध जनाएकाले उक्त समाचारले राम्रै प्राथमिकता पाएको थियो । पुल रोकिएको सन्दर्भमा वडाध्यक्ष भट्टराईले भने सांसद शर्मा हराउनु भएको होइन् उहाँले नगरको विकासकोलागि सक्रय भएर बजेट निकासीको लागि पहल गरिरहनु भएको छ । राज्यबाट बजेट छुट्टीएर निर्माण शुरु भएको पुल एकाएक कसरी रोकियो ? भन्ने प्रश्नमा भने उनले झोलुङ्गे पुल निर्माण योजना क्रमागत योजना भएकाले समयमा बजेट नछुट्टीँदा निर्माण रोकिएको दाबी गरे । ‘यो केन्द्रिय सरकारको क्रमागत योजना हो, यसमा क्रमिक रुपमा बजेट छुट्टीन्छ’, उनी भन्छन् ‘पहिलो किस्ता ७४ लाख छुट्टीएपछि अन्य बजेट निकासा भएन जसका कारण पुल निर्माण रोकियो ।’
पुल निर्माणको काम ६० प्रतिशत सकिएको जनाउँदै उनले ७४ लाख रकम ठेकेदारले प्राप्त गरिसकेको जानकारी दिए । अब बाँकी काम पनि छिट्टै शुरु हुनेमा बिश्वस्त रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु