धनकिरणको बेजोड प्रस्तुतिसँगै गोर्खा सांगीतिक साँझमा झुम्यो मेचीनगर

2024-02-11 मा प्रकाशित

काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित मेची सामुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । कार्यक्रमलाई औपचारिकता दिनु पर्ने भएपछि प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मात्र कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले बेलायतको फोक्सटन सिटी र मेचीनगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण काम पूर्व काउन्सिलर धनकिरण गुरुङले गरेको स्मरण गर्दै उनले भने, ‘धनकिरण गुरुङ नभएको भए मेचीनगर र बेलायतबीच सम्बन्ध जोड्ने कुरा कल्पना पनि गर्न सकिँदैन थ्यो । पूर्व काउन्सिलर गुरुङको एकल प्रयासबाट मेचीनगरको विकासमा ठूलो सहयोग प्राप्त भएको छ । यो गुण मेचीनगरले सदा स्मरण गर्ने छ ।’ उनले गुरुङले देश विकास र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे ।
हलमा भरिएका सबैको ध्यान भाषणमा भन्दा बहु प्रतिभाका धनी गीत तथा संगीतका पारखी धनकिरण गरुङको प्रस्तुती सुन्न आतुर थियो । अग्रभागमा थिए गीतलाई संगीत भर्न र दर्शकलाई मनोरञ्जन प्रदान गर्न सहभागि कलाकार र बाध्यबादक कार्यक्रमको सुरुमै भारतको कालेम्पोङबाट सहभागि बनेकी कलाकार संस्कृति वागदासको मनै लोभ्याउने रोचक नृत्य प्रस्तुत भयो ।
त्यसछि गुल्जार बन्यो सामुदायिक हल, गुरुङको एकल गीतको श्रृङ्खला सुरु भएपछि सहभागिहरुले भोक तिर्खा सबै झुले सबै गीत र संगीतमा झुमिरहेका थिए । उनले हावा सरर…, किन हो किन…, तिम्रो मायाको…., मैले मायागरेँ…आदी रोचक गीतहरु प्रस्तुत गरे । गुरङले ५ वर्ष अघि वर्ष काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ १ प्रस्तुत गरेका थिए । सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको गोर्खा मेमोरियल फण्ड र गोर्खा मेमोरियल फाउण्डेसनले सामाजिक क्षेत्रमा योगदान गर्नकै लागि आर्थिक संकलन गर्ने हेतु संगीतिक कार्यक्रम गरेको कार्यक्रमका सभापति एवम् गोर्खा मेमोरीयल फाउण्डेसन नेपालका अध्यक्ष गुरङले बताए । उनले आगाी २०२५ मा धुलाबारी माविमा केही कम्युटर प्रदान गर्ने फण्ट जुटाएको बताए ।
कार्यक्रममा पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगरपालिकाका पूर्व नगरप्रमुख बिमल आचार्य, मेचीनगरकी उपप्रमुख मीना पोख्ेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
गोर्खा मेमोरियल फउण्डेसन नेपालका अध्यक्ष नरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत फाउण्डेसनका उपाध्यक्ष गंगालला गुरुङले गरेका थिए । भने सञ्चालन पत्रकार भूमिका सुब्बा र सिधार्थ सिंह ले गरेका थिए ।
१९८७ मा बृटिस सेनामा भर्ति भएका धनकिरण गुरुङ हाल निबृत्त जीवन विताउँदै बेलायतमा रहेर बेलायत तथा नेपालमा सामाजिक, राजनीतिक र गीत संगीतमा क्रियाशी छन् । बेलायतको फोक्सटन सिटीबाट पहिलो निर्वाचित काउन्सीलर गुरुङले आफू काउन्सिलर भएको बेला २०७६ सालमा मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच भगिनी सम्बन्ध स्थापना गराएर मेचीनगर पालिकालाई बारुण यन्त्र प्रदान गरेका थिए । भने काँकरभिट्टा माविलाई ३२ थान कम्युटर प्रदान गरे । यो सँगै कोभिडको महामारीमा मेचीनगरमा अक्सीजन, माक्स तथा सेनिटाइजर उपलब्ध गराएर नेपालको विकास र सामाजिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु